खाली पेटको लागि अस्वस्थकर खानेकुरा


स्वस्थ रहनको लागि मान्छेले अनेक उपायहरु खोज्ने गरेका छन् | समय संगै आज भोलि मान्छे खानपिनमा सचेत भए पनि धेरै जसो मान्छेको जीवनशैली भने मीठो र रसिलो खाना देख्दै फेरी खाउ खाउ लाग्छ | तर हेर्नोस् खाली पेट भएको बेला यी खाने कुरा हरु नखानुस् है …

दही
दही पेटका लागि निकै उपयोगी खानेकुरा हो। गर्मी मौसममा त यो निकै फाइदाजनक हुन्छ। तर, खाली पेट दही खायो यसको पौष्टिक तत्व शरीरले पाउँदैन। एसिडिटी उत्पन्न हुन्छ।

चिया/कफी
चिया वा कफी पिउनु नेपाली संस्कृति नै बनेको छ। त्यससँगै निद्रा हटाउन पनि मानिसहरूले प्रायः चिया वा कफी पिउने गरेको पाइएको छ। यसले शरीरलाई ‘रिलाक्स’ अनुभव गराउँछ। तर, खाली पेट चिया वा कफी पिउँदा शरीरलाई फाइदा होइन, नोक्सान गराउँछ। खाली पेट चिया वा कफी पिउँदा शरीरमा एसिडिटीको मात्रा बढाउने चिकित्सकहरू बताउँछन्। उनीहरूका अनुसार चिया–कफीमा भएको कैफिन वा निकोटिनबाट एसिड बन्छ। यसले पाचन प्रणालीमा असर पुर्‍याउँछ।

अमिला फलफूल
अमिला फलफूल अधिकांशले रुचाउँछन्। तीमध्ये सुन्तला त धेरैको प्रिय मानिन्छ। तर, खाली पेट खायो भने मानव शरीरका लागि ‘विष’ बन्न सक्छन्। त्यसकारण अमिलो फलफूल खाली पेट खानुको सट्टा नास्ता गरेर खानु उपयुक्त हुने जानकार बताउँछन्।

मसालेदार खाना
अधिकांशले खानामा अत्यधिक मसला प्रयोग गर्छन्। यसले खाना त मिठो बनाउँछ। तर, स्वास्थ्यमा प्रतिकूल असर पार्छ। चिकित्सकका अनुसार मसालेदार खानेले शरीरमा एसिडको मात्रा बढाउँछ। र, पेट दुख्ने समस्या पनि निम्त्याउन सक्छ।

केरा
केरा पौष्टिक आहार भरिपूर्ण फल मानिन्छ। यसमा आइरन र पोटासियमको मात्रा बढी हुन्छ। तर, बिहान खाली पेट खायो भने यो खतरनाक पनि हुन सक्छ। चिकित्सकका अनुसार विशेषगरी माइग्रेन र एसिडिटीका बिरामीले केरा खाली पेट खानु हुँदैन। किनकी खाली पेट केरा खाँदा एसिडिटी बढाउँछ।

Comment

Related News 

ताजा अपडेट

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: