परिवर्तन भएको बाल्यकाल- युवा साहित्यकार राजन पराजुली

  • टोलभरीका साथी जम्मा भएर चुङ्गी खेल्दाको मज्जा लिन कहा पाउन आजकलका बच्चाहरूले,काठको आफैले बनाएको फुरूङ फनफनी घुमाउदाको पल महसूस गर्न कहा पाउन आजकलका बच्चाहरूले,खेल्दा खेल्दै रात परेपछी आमाले चिच्याई चिच्याई बोलाएको अबस्था कस्तो हुन्छ भनेर सम्झिन कहा पाउन आजकलका बच्चाहरूले,डन्डी बियो कस्तो हुन्छ भन्ने सम्म हेक्का छैन आजकलका बच्चाहरूलाई ।

  • उमेर जति बड्दै गयो रोग,चिन्ता,अस्थब्यस्थ, झन झन बढ्दै जाने गर्छ । हिजो सानो छदा रमाईलोपन छुट्टै हुन्थ्यो, न जीवनमा कुनै चिन्ताले सताउने न जीवनमा अस्थब्यस्थले हैरान पार्ने,जता मन लाग्यो उता पुतली जस्तै फुरर् उड्न पाईन्थ्यो । म सानो छदा सानै उमेरमा स्कूल पढ्न गईन त्यतिबेला हातका औलाले टाउको माथिबाट घुमाएर पल्लो पट्टीको कान नछुए सम्म स्कूलमा मास्टरहरूले यो सानो नै छ भनेर भर्ना लिदैन थिए फलस्वरूप पाच,छ वर्षको उमेर सम्म मस्त सँग रमाई रमाई गाउँ घरमा डुल्ने गर्थे । एउटा बालकलाई सानो उमेरमा बोझ भन्दा बढी रमाउन र खेल्न दिनुपर्छ जुन मेरो बाल्यकालमा भर पुर्ण प्राप्त गरे । उस बेला टि भी,नेट ईन्टरनेट जस्ता कुराहरू दुर्लभ थिए अझ भनौ देख्न नै पाईदैन थियो । जब स्कूले पढाई सुरू भयो त्यसपछि पढाई सँगसँगै गाउँघरमा साथी भाई जम्मा भएर लुकामारी,भुरूङ नचाई,गुच्चाखेलाई,ढलबिस,चुङ्गी खेलाई खुब खेलिन्थ्यो । उतिबेला समाज नै छुट्टै किसिमको थियो । टोलभरीका बच्चा जम्मा भएर फलानोको घरमा लुकामारी खेल्दा खेल्दै झमक्क रात परेको थाहा नै हुदैन थियो अनि घरबाट आमाले रातमा गाउँ नै थर्कीने गरि चिच्याई चिच्याई बोलादा झसङ हुदै घरमा जादाको पल सम्झन लायको नै हुन्थ्यो । दश बजे देखि चार बजे सम्म स्कूले पढाई अनि चार बजे घर आएर कपडा खोल्न हतार गरि खाजा पनि नखाई गाउँमा साथि बटुलेर चौतारीको रूखमा चैतु पलैतु खेल्दाको त्यो क्षण भुल्न कसरी सकिन्छ र ! कहिले शनिवार आउला भन्दै घरको भित्ताको पात्रो पल्टाएर हेरिन्थ्यो जब शनिवार आउथ्यो स्कूल जान नपर्ने दिन टोलको खुल्ला ठाउँमा गएर गुच्चा खेल्दा जीवनमा ठूलो उपलब्धि जितेको जस्तै महसूस हुन्थ्यो । टि भी थिएन , मोबाइल थिएन , नेट इन्टरनेट थिएन । हाम्रो लागि साथी भाई जम्मा भएर खेल्नु रमाउनु भनेको नै टि भी हेर्नु जस्तै थियो । ढुङ्गाको टुक्रा,काठका टुक्रा हातले समाएर कानमा लगि हेल्लो हेल्लो भन्नु नै हाम्रो लागि त्यो फोन थियो । साँच्चै उतिबेलाको बाल्यकाल आज सम्झीन लायकको छ ।

     

    बाख्राका एक हुल चराउन भन्दै खेतका कान्ला माथि पुराएर साथिहरू सँग गोलो घेरा बनाई रूमाल लुकाई खेल्दा कम्ता मज्जा आउथ्यो । काठको टुक्रालाई खुर्पाले काटी काटी आफैले बनाएको भुरूङ साथीहरू मिलेर नचाउदा जिन्दगी नै फनफनी घुमेको जस्तै महसूस गरिन्थ्यो । फलानो साथी लाई नाम काडेर बोलाउदा ऊ रिसाउदाको पल सम्झन लायकको हुन्थ्यो । कागज, चकलेटका खोल ईत्यादि लाई पैसा बनाएर साथीभाई सँग चिजबिजहरू किनेको जस्तै गर्दा आफु साच्चै धनी व्यक्ति भएको जस्तै महसूस गरिन्थ्यो । पढाई सँगसँगै त्यो बाल्यकाल अधिक रमाईलोपन ल्याउने ति पल चाहेर पनि भुल्न सकिदैन ।

    समय परिवर्तन भयो । हिजो हाम्रो बाल्यकाल जस्तो अहीलेका बालबच्चाले आफ्नो बाल्यकाल उस्तै गरि रमाईलोपन सँग बिताउन पाउदैनन् । बच्चा आमाको दुध खान छोडेको डेड दुई वर्ष नहुदै उसलाई कापि र कलम भिराएर च्याउ जस्तै उम्रिएका मन्टेस्वरीमा भर्ती गरिन्छ । उहीले जस्तो टाउको माथि हात लगेर पल्लो कान छुवाएर  बच्चा सानो छ वा ठूलो छ भनेर मास्टरले आफ्नो स्कूलमा भर्ती गर्दैनन् । दुई साढे दुई वर्षको उमेरमा पुस्तक बोकी आजकलका बच्चा आफ्नो बाल्यकाल लाई विध्यालयमा बंन्धक बनाउन बाध्य हुन्छन् । उहीलेका जस्तो समाज अहिले देख्न सकिदैन । हरेक परिवारका आमाले आफ्नो बच्चालाई घरभन्दा बाहीर डुल्न पठाउदैनन् । अझ भनौ समाजका अन्य बच्चा सँग घुलमिल गराउन रूचाउदैनन् । समाज पूरै परिवर्तन भई सक्या छ । हरेकको घरमा नेट,ईन्टर नेट उपलब्ध छ ,टि भि घर घरमा देख्न सकिन्छ । हिजो आजका बच्चाहरू हाम्रो पालामा जस्तो लुकामारी, चैतु पलैतु,रूमाल लुकाई,ढलबिस जस्ता खेल खेल्न त परका कुरा कस्तो हुन्थ्यो भनेर देख्न समेत पाउदैनन् । उनीहरूको लागि खेल भनेको मोबाइलमा गेम हो हरेक क्षण मोबाइलमा अनेकौ गेम खेलेर रमाउछन । टि भी मा अनेकौ थरी काटुन हेरेर खुसी हुन्छन । साथी भाई मिलेर लुकामारी खेल्दा झमक्क साझ पर्दाको रमाईलोपन आजकलका बच्चाले भोग्न पाउदैनन् । टोलभरीका साथी जम्मा भएर मोजाको बल बनाई ईट्टा अडाएर खेलिने खेल ढलबिस हिजो आजका बच्चाले कस्तो हुन्थ्यो भनेर थाहा सम्म पाएका छैनन् होला । हिजो आज त गुच्चा पनि देखिदैन । खोल्टी भरि गुच्चा बोकेर खेल्न जादाको पल आजकलका बच्चाले भोग्न समेत पाएनन् ।

    हिजो आज सानो उमेरबाट नै आफ्नो सन्तानलाई किताबी बोझ धेरै दिईन्छ । बाल्यकालमा रमाउने वातावरण खोसिन्छ । बन्द घर भित्र हरेक सन्तानलाई थुनिन्छ । अनि आधुनिक मोडेल जमनामा रमाउन बाध्य पारिन्छ । साथि भाई जम्मा भएर खेलेका उबेलाका खेल जस्तो मज्जा आजको मोडेन जमनाको मोबाइलमा खेलिने खेलमा कहा पाउन सकिन्छ र ! ऊ बेला गाउँ भर रमाई रमाई डुल्नुको मज्जा जस्तो अहीलेका आधुनिक युगमा बंन्द कोठा भित्र टि भी मा काटुन हेर्दा के नै रमाईलोपन आउला ति बालकहरूलाई । ऊ बेलाको चकलेटि नोट जस्तो मुल्यवान आज कागजी नोट कसरी मुल्यवान रहला हिजो आजका बच्चाहरूलाई । साच्चै समय परिवर्तनसिल छ अनि हामि पनि समय अनुसार परिवर्तन भएका छौ । हामिले हाम्रो बाल्यकाल जसरी रमाईलोपन सँग बितायौ हिजो आजका बच्चाहरूले उस्तै गरि बिताउन पाउदैनन् । चौतारीको रूखमा चैतु पलैतु खेलिन्थ्यो भनेर हिजो आजका बच्चाहरूलाई भन्यो भने एकछिन ट्वा पर्छन अनि कस्तो हुन्छ भनेर सोध्छन । हिजो आज हरेक बच्चाहरूलाई किताबी ज्ञानमा मात्र घोटाईन्छ । टोलभरीका साथी जम्मा भएर चुङ्गी खेल्दाको मज्जा लिन कहा पाउन आजकलका बच्चाहरूले,काठको आफैले बनाएको फुरूङ फनफनी घुमाउदाको पल महसूस गर्न कहा पाउन आजकलका बच्चाहरूले,खेल्दा खेल्दै रात परेपछी आमाले चिच्याई चिच्याई बोलाएको अबस्था कस्तो हुन्छ भनेर सम्झिन कहा पाउन आजकलका बच्चाहरूले,डन्डी बियो कस्तो हुन्छ भन्ने सम्म हेक्का छैन आजकलका बच्चाहरूलाई । जन्मेको डेड वर्ष हुदैन उसलाई आमाले आफुबाट मन्टेस्वरी मा भर्ती गराई दिन्छिन अनि उसको जीवन पूरै किताबमय हुन पुग्छ । घरमा आयो भने टोलमा हतपत जान पाउदैनन् हिजो आजका बच्चाहरू घरमा बस्यो टि भी हेर्यो,मोबाइलमा गेम खेल्यो अनि त्यसैमा रमाईयो । गोजी भर कुच्चा बोकेर टोलमा खेल्दाको मज्जा हिजो आजका बालकले मोबाइलमा आधुनिक गेम खेलेर लिन्छन । चुङ्गी, फुरूङ नचाई,लुकामारी, चैतुपलैतु जस्ता खेल भनेको हिजो आजका बच्चाहरूको लागि एउटा ईतिहास जस्तै भई सक्यो । उबेला साथीहरू सँग मिलेर ढुङ्गाको गोटा खेल्दाको मज्जा आजकल मोबाइल चलाएर कहा पाउन सकिन्छ र !

    साँच्चै हाम्रो बाल्यकाल सम्झिन लायकको थियो । हामिले जूँन बाल्यकाल भोग्यौ त्यो बाल्यकाल आजकलका बालकहरू भोग्न पाएनन् । टि भी र मोबाइल जस्ता आधुनिक उपकरणले कब्जा गरेको हिजो आजको समाज उस्तै कब्जा भित्र परे आजका बालबच्चाहरू पनि । उबेलाको रमाईलो जस्तो हिजो आजका बच्चाहरूले आफ्नो जीवनमा रमाईलो ल्याउन पाएनन् । अतः फलस्वरूप पुराना पुराना खेलहरू बिस्तारै बिस्तरै लोप हुदै जाने क्रम तिब्र भयो अब त केही वर्ष पछि लुकामारी, गुच्चा, फुरूङ, चतुपलैतु,रूमाल लुकाई,ढलबिस जस्ता खेल एउटा ईतिहासको पानामा मात्र सिमित रहने निश्चित छ ।

    Comment

    Related News 

    © 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

    %d bloggers like this: