सानिमा लाईफ इन्स्योरेन्सको सम्झौता


सानिमा लाईफ इन्स्योरेन्स लिमिटेडले मिति २०७५ माघ ९ गते कञ्चन बिकास बैक, महेन्द्रनगर तथा सृजनशिल बचत तथा ऋण सहकारी संस्था लिमिटेड कन्चनपुर संग वीमा सम्वन्धि संझौता गरेको छ ।

महेन्द्रनगरमा छुट्टाछुटै आयोजीत संझौता हस्ताक्षर कार्यक्रममा इन्स्योरेन्स कम्पनीकातर्फ बाट महाप्रबन्धक श्री शिवराम तिमिल्सिना,कञ्चन विकास बैकका तर्फबाट बैकका प्रमुख कार्यकारी अधिकृत श्री विरुराम जैशी तथा सृजनशिल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका तर्फबाट सहकारीका प्रमुख कार्यकारी अधिकृत श्री मदन भट्टले हस्ताक्षर गर्नु भएको थियो ।

उक्त संझौता अनुशार दुवै संस्थाहरुको सम्पुर्ण शाखाहरु बाट ग्राहकहरुले सानिमा लाईफ इन्स्योरेन्स लिको उत्कृष्ट वीमा सेवा उपभोग गर्न सक्ने छन । उक्त कार्यक्रमहरुम ाकम्पनीका मुख्य प्रबन्धक गणेश चौलागाई, वरिष्ठ प्रबन्धक गुणराज श्रेष्ठ, क्षेत्रिय प्रबन्धक गणेश उप्रेती तथा शाखा प्रमुख रोशन भट्ट लगाएतको उपस्थिति रहेको थियो ।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: