सिसासको १५ औँ वार्षिकउत्सव कार्यक्रम सम्पन्न


भैरहवा । सिर्जनशील साहित्यिक समाज सिसासको १५ औँ वार्षिकउत्सव कार्यक्रम सम्पन्न भएको छ ।
७८ औँ सहिद दिवस तथा १५ औँ वार्षिकउत्सव कार्यक्रमको प्रमुख अतिथिको मन्तव्य व्यक्त गर्दै प्राज्ञसभा सदस्य प्राध्यापक डाक्टर कपिलदेव लामिछानेले स्रष्टाहरुले रचना गर्नका लागि धेरै अध्ययन गर्नुपर्ने बताउँदै अध्ययनबाट नै उच्चस्तरिय रचना सिर्जना गर्न सकिने बताए ।

सिसासले आफ्नो वार्षिक उत्सव कार्यक्रममा चार जना स्रष्टाहरुलाई सम्मान तथा पुरस्कृत समेत गरेको छ । सिर्जनशील श्री फाइनान्स साहित्यिक पुरस्कारबाट प्राज्ञ बूँद राना, सिर्जनशील गंगा साहित्यिक पुरस्कारबाट दुर्गा पौड्याल, सिर्जनशील छविलाल साहित्यिक पुरस्कारबाट देवेन्द्रराज शाक्य र सिर्जनशील स्रष्टा सम्मानबाट सुवास रिजाल सम्मानित भएको सिर्जनशील साहित्यिक समाज सिसासका अध्यक्ष शशि पन्थीले जानकारी दिए ।


सम्मानित हुने स्रष्टा प्राज्ञ बूँद रानाको बारेमा स्रष्टा विजय सागर, दुर्गा पौडेलको बारेमा स्रष्टा लता प्रधान, देवेन्द्रराज शाक्यको बारेमा स्रष्टा नारायण प्रसाद भण्डारी र सुवास रिजालको बारेमा स्रष्टा विष्णु प्रसाद गजुरेल बोलेका थिए । कार्यक्रम दर्जनौँ स्रष्टाहरुले कविता, गीत, गजल, हाइकु प्रस्तुत गरेका थिए ।
समाजका अध्यक्ष शशि पन्थीको अध्यक्षता, सहसचिव राजेश चौधरीको स्वागत मन्तव्य र सचिव कमल पोख्रेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: