आलु उत्पादन बढी : उपभोक्तालाई राहत


अघिल्लो वर्षको तुलनामा यस वर्ष पर्सा जिल्लामा चार करोड ५४ लाख ४० हजार मूल्य बराबरको दुई हजार ८४० मेट्रिक टन बढी आलु उत्पादन भएपछि उपभोक्ताले राहत पाएका छन् ।

प्रायः यस भेगका उपभोक्ता चर्को मूल्य तिरेर भारतीय तथा पहाडको आलु खान बाध्य भएकामा यस वर्ष बढी आलु उत्पादन भएपछि उपभोक्तालाई राहत भएको वीरगञ्ज महानगरपालिका–२७ रामगढवाका शेषमन पण्डितको भनाइ छ । 

यस वर्ष पर्सा जिल्लाका किसानले एक हजार १५० हेक्टर क्षेत्रफलमा आलु खेती गरेकामा ३६ करोड ८० लाख मूल्य बराबरको २३ हजार मेट्रिक टन आलु उत्पादन भएको कृषि ज्ञान केन्द्र पर्साले जनाएको छ । 

हिउँदमा पानी नपरेको तथा समयमा आलु रोपाइँ गरेकाले किसानले यस वर्ष प्रतिहेक्टर २० मेट्रिक टन आलु उत्पादन गरेको ज्ञान केन्द्रका प्रमुख डा रामचन्द्र यादवले बताउनुभयो । 

वीरगञ्ज बजारमा प्रतिदिन करीब पाँच लाखको स्थानीय आलु बिक्री हुन थालेपछि भारतीय आलु विस्थापित हुँदै गएको छ ।

 

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: