एनआइसी एशियाको नाफा १६५ प्रतिशतले बृद्धि


काठमाडौं– २ सय ७५ शाखा कार्यालयहरु, २ सय ८९ एटिएम र ३७ वटा एक्सटेन्सन काउण्टर रहेकाे  एनआईसी एशिया बैंकले चालु आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासमा  १ अर्ब ५१ करोड ५९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

बैंकको वासलातको आकार ५३ प्रतिशतले  (रु. ७४ अर्ब) बृद्धि भएर  २ खर्ब १४ अर्ब  रुपैयाँ पुगेको छ ।

यो गत वर्षको यसै अवधिको तुलनामा  १६४.३४ प्रतिशतले नाफा बृद्धि गरेको हो । गत वर्ष यसै अबधिको तुलनामा ५७ करोड १७ लाख रुपैयाँ थियो । साथै बैंकको वासलातको आकार ५३ प्रतिशतले  (रु. ७४ अर्ब) बृद्धि भएर  २ खर्ब १४ अर्ब  रुपैयाँ पुगेको छ ।

एनआइसीले १ खर्ब ७५ अर्ब ७६ करोड रुपैयाँ निक्षेप संकलन गर्दा १ खर्ब ४९ अर्ब ३० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको चुक्तापुँजी ८ अर्ब ८३ करोड ४२ लाख रुपैयाँ छ ।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: