नेपालमा टेलिकम्युनिकेसन क्षेत्र र अबको बजार ः ई‍ राेवर्ट खनाल


रोवर्ट खनाल निर्देशक महाकाली मेची टेक्नोलोजी एण्ड सप्लायर्स प्रा.लि

महाकाली मेची टेक्नोलोजी एण्ड सप्लायर्स प्रा.लि नेपालमा लामो समय देखि टेलिकम्युनिकेसन क्षेत्रमा काम गर्दै आएको कम्पनी हो । हामीले नेपालको कम्युनिकेसन क्षेत्रको बारेमा यस कम्पनीका निर्देशक रोवर्ट खनालसँग भेटेर नेपालको टेलिकम्युनिकेसन मार्केटको अहिलेको अवस्था र अबको सम्भावना सम्बन्धमा कुराकानी गरी यो सामाग्री तयार पारेका छौं ।

दु्रत गतिमा अघी बढ्दै नेपालमा टेलिकम्युनिकेसन क्षेत्र ः
नेपालमा अहिलेको अवस्थामा टेलिकम्युनिकेसन क्षेत्र निकै नै फस्टाइरहेको छ । यद्यपि केही बर्ष देखि भने यस क्षेत्रमा ठूला कामहरु हुन नसकेको कारण यस क्षेत्रमा काम गर्ने कम्पनीहरुको कारोवार घट्दो छ । हाल नेपालमा टेलिकम्युनिकेसनको क्षेत्रमा नेपाल टेलिकम र एनसेल बजारमा राम्रो पहुँच विस्तार गरेका कम्पनीहरु हुन् । पछिल्लो समय चौधरी ग्रुपको लगानीमा सिजी टेलिकम आउने क्रममा छ । बजार प्रतिष्पर्धी नै रहेको यस क्षेत्रमा अब आउने कम्पनीहरु थप विशेष योजना सहित आउन सकेको खण्डमा छोटो समयमा नै राम्रो बजार लिन सक्ने सम्भावना रहन्छ ।

टेलिकम्युनिकेसनमा अग्रणी देश हो नेपाल 
वास्तवमा नेपाल दक्षिण एसिया क्षेत्रमा पहिलो पटक थ्रिजी सेवा शुभारम्भ गर्ने देश हो । यो सेवा नेपाल टेलिकमले सञ्चालनमा ल्याएको हो । तर हामी पछिल्लो प्रविधिको रुपमा रहेको फोरजी सेवालाई भने जुन तवरले नेपालमा विस्तार गर्नुपर्ने थियो, त्यो भने हुन सकेको छैन । वास्तवमा नेपालमा दूरसञ्चार सेवा निकै सस्तो समेत छ ।

नेपालका दूरसञ्चार कम्पनीहरुहरु र सेवा प्रवाहको प्रभावकारिता 
नेपालमा दूरसञ्चारको क्षेत्रमा सरकारी लगानीको नेपाल टेलिकम र निजी लगानीको एनसेल अहिलेको बजारका मुख्य प्रतिष्पर्धी कम्पनीहरु हुन् । यद्यपि नेपाल टेलिकमको तुलनामा करिब १ चौथाई कर्मचारीको भारमा चलेको एनसेलले प्रदान गर्ने सेवा गुणस्तरीयताको हिसाबले निकै राम्रो रहेको उपभोक्ताहरुको दाबी रहँदै आएको छ । अबका दिनमा अहिलेको प्रतिष्पर्धी बजारमा आफूलाई अग्रस्थानमा राखिरहनको निम्ति नेपाल टेलिकमले मानवीय संशाधनको राम्रो तवरले प्रयोग गर्ने नीति लिएर सोही बमोजिम अघी बढ्नुपर्छ । वास्तवमा नेपाल टेलिकमको सञ्जाल निकै नै फराकिलो छ । यस क्षेत्रमा रहेर काम गर्ने क्रममा निकै राम्रो तवरले काम गर्न सक्ने सम्भावना अझै पनि छ । यद्यपि समयानुकुल नयाँ प्रविधिको विस्तारमा समेत नेपाल टेलिकम निरन्तर रुपमा अघी बढि नै रहनुपर्छ । साथै व्यवस्थापनलाई समेत प्रभावकारी तवरले अघी बढाउनुपर्छ । कुनै समस्या आएको खण्डमा तत्कालै समाधान गर्न सकिने किसिमले अघी बढ्नुपर्ने जरुरी समेत छ ।

सिजी टेलिकमको सम्भावना 
नेपालमा अब आउन लागेको सिजी टेलिकम अहिलेका कम्पनीहरुले सञ्चालनमा ल्याएका सेवामा भन्दा पनि युवाहरुको आकर्षण बढ्दै गएको डाटा (इन्टरनेट) सेवालाई लक्षित गरी सञ्चालनमा आउने हो भने यस कम्पनीले छोटो समयमा नै राम्रो बजार हिस्सा लिन सक्ने देखिन्छ । अहिलेको अवस्थामा नेपालमा डाटा सेवामा नेपाल टेलिकम भन्दा एनसेलको गुणस्तरीयता बढी विश्वसनीय छ ।
यो क्षेत्र निकै प्रतिष्पर्धात्मक क्षेत्र भएको कारण बजारमा आफूलाई अग्रस्थानमा उभ्याउनको निम्ति विभिन्न नयाँ तथा अत्याधुनिक सेवाहरुको उपयोगमा नै विशेष ध्यान दिनु जरुरी रहन्छ ।

टेलिकम्युनिकेसन टेक्नोलोजीको बजार 
नेपालमा अहिलेको अवस्थामा टेलिकम सेवा प्रदायक कम्पनीहरुको लागि टेक्नोलोजी सम्बन्धी काम गर्ने कम्पनीहरु करिब १० ओटाको सङ्ख्यामा छन् । अहिले यस क्षेत्र मार्फत उच्च प्राविधिक तहमा करिब १ हजार व्यक्तिहरु संलग्न रहँदै आएका छन् । विगतमा निकै ठूलो सङ्ख्यामा जनशक्ति कार्यरत थिए । पछिल्ला बर्षहरुमा नेपालका दूरसञ्चार कम्पनीहरुले नयाँ सेवा विस्तारको निम्ति खासै प्रभावकारी तवरले काम गर्न चासो नराख्दा विगतमा १ सय भन्दा बढी कर्मचारी राखेर काम गर्ने कम्पनीहरुको जनशक्ति घटेर २५÷३० मा सीमित भएका छन् । तर अब तत्काल सिजी टेलिकम सञ्चालनमा आउने अवस्था रहेको कारण यस क्षेत्रमा काम गर्न ठूलो परिमाणमा प्राविधिक जनशक्तिको आवश्यकता पर्ने देखिएको छ । नेपालमा विगतको तुलनामा जनशक्ति आवश्यक नहुँदा अधिकांश विदेशिन बाध्य भए । अब भने पुनः नेपाली बजारमा ठूलो परिमाणमा दक्ष जनशक्ति आवश्यक पर्ने अवस्था छ ।

 राम्राे राेजगारीकाे क्षेत्र 
नेपालमा अहिलेको अवस्थामा त्यो ठूलो परिमाणको जनशक्ति पूर्ति गर्नको निम्ति हामी आफैंले तालिम सञ्चालन गरेर काम सिकाएर दक्षताको प्रमाणपत्र सहित जागिरको समेत व्यवस्था गर्दैछौं । नेपालमा अहिले दूरसञ्चार क्षेत्रमा काम गर्ने जनशक्ति सबैजसो नेपालमा नै उत्पादित हुन् । अहिले नेपालमा नै यस सम्बन्धमा औपचारिक शैक्षिक कार्यक्रम समेत सञ्चालन हुँदै आएको छ । यद्यपि नेपालका कलेजबाट अध्ययन गरेर उत्तीर्ण व्यक्तिहरु सिधै बजारमा खटिएर काम गर्न सकिने अवस्था नभएको अहिलेको अवस्थामा नेपाल इन्जिनियरिङ एसोसिएसन मार्फत इन्जिनियरिङ स्टाफ कलेज सञ्चालन गरि त्यहाँबाट आवश्यक जनशक्ति उत्पादनको लागि पहल गर्नु आवश्यक छ ।

अबको बजार 
अबको बजार नै डाटा केन्द्रितन नै बनिरहेको छ । डाटाबाट सम्पर्क गर्दा निकै सहज र सुलभ समेत हुने गर्छ । जसरी भारतमा जियो टेलिकम डाटा केन्द्रित हुँदा निकै छोटो समयमा राम्रो प्रगति गर्न सफल भयो, त्यसरी नै नेपालमा पनि अब आउन लागेको सिजी टेलिकमले सिधै फोरजी सेवामा नै लगानी गर्ने गरी वृहद् सेवा सञ्चालनको योजना सहित बजारमा आउन सक्ने हो भने छोटो समयमा नै निकै ठूलो बजार हिस्सा ओगट्न सक्ने सम्भावना छ ।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: