काभ्रेको मन्दनदेउपुर नगरपालिका वडा नम्बर ८ स्थित कुन्तावेँसी क्षेत्रमा कृषि फार्म यो फार्म सञ्चालन हुँदै आएको छ । पद्दमाज्योति फाउण्डेसन अन्तरगत माछापुच्छ्रे एग्रिकल्चर एण्ड रिसर्च सेन्टर नामक कृषि फार्म सञ्चालन हुँदै आएको छ । खासगरी पछिल्लो समय नेपालीहरु कृषि क्षेत्रबाट विमुख हुँदै गइरहेको अवस्थामा यस क्षेत्रमा नेपाली युवाहरुलाई आकर्षित गर्दै मुलुकलाई दिगो विकास र आत्मनिर्भर बनाउने अभिप्राय सहित यो फार्मले कार्य गर्दै आइरहेको छ ।नेपाल अहिले पनि कृषिप्रधान मुलुककै रुपमा चिनिँदै आएको भएपनि यस क्षेत्रमा कार्यरत कृषकहरु आवश्यक विभिन्न कारणहरुले गर्दा सन्तुष्ट हुन सकेका छैनन् । आवश्यक प्रविधि, पूर्वाधारको अभाव, घट्दो उत्पादकत्व, महँगो श्रम, राज्यका नीतिहरुले कृषि क्षेत्रलाई राम्रो तवरले सम्बोधन गर्न नसकिनु, अनुदान तथा सुविधाहरु समानुपातिक तवरले आवश्यकता अनुसार वितरण नभई पहुँचको आधारमा वितरण गरिने परिस्थिति लगायतका कारण यस क्षेत्रबाट पछिल्लो समय जनशक्ति बाहिरिँदै गएको अवस्था छ । शैक्षिक जनशक्ति त कृषि क्षेत्रमा भेट्न अति नै गाह्रो छ । पछिल्लो समय कृषि कार्य महिला र बृद्धवृद्धाको भरमा नै चल्दै आएको अवस्थामा कृषि क्षेत्रलाई व्यावसायिक तवरले सञ्चालन गर्नुपर्छ भन्ने सम्बन्धमा समेत शहरी क्षेत्रहरुमा पहल हुँदै आएको पाइन्छ । यसरी नै कृषिलाई व्यवस्थित तवरले सञ्चालन गर्नुपर्छ भन्ने मान्यता बमोजिम नै जागरुक युवाहरुको सक्रियतामा सञ्चालनमा आएको हो माछापुच्छ्रे एग्रिकल्चर एण्ड रिसर्च सेन्टर । खासगरी किसानहरुलाई आधुनिक र व्यवस्थित कृषिमा प्रोत्साहन गर्ने उद्धेश्यले नै यो फार्म सञ्चालनमा आएको हो ।
युवा उद्यमीहरु कृष्ण विजय श्रेष्ठ र किसानी भाई राजको सक्रियतामा सञ्चालित यस फार्मबाट सञ्चालित माछापोखरीबाट यस बर्ष ८ टन माछा उत्पादन भयको फार्मका संचालक किसनी भाई राजले बताउनु भयो। साथै आगामी दिनमा यो परिणाम वृद्धि हुँदै जाने अपेक्षा समेत उहाँले राख्नुभएको छ।
आधुनिक तथा स्वस्थकर कृषि उत्पादनमा सचेत यस कृषि फार्मले आफ्नो व्यवस्थापनमा सञ्चालन गरेको यस माछापुच्छ्रे फार्ममा उक्त क्षेत्रमा सम्भव रहने सबै कृषि कार्यहरु सञ्चालनको योजना बनाएको छ । खासगरी सम्भावित देखिएका गाईपालन, भैंसीपालन, रेसम खेती, कागती खेती, हाँस पालन, बाख्रा पालन, पुष्प व्यवसाय लगायतलाई प्राथमिकता साथ अघी बढाउने योजना बनाएको तर किसानहरुको रुचि तथा आवश्यकता बमोजिम अन्य उत्पादनहरु समेत उपयुक्त देखिए थप गर्दै लैजाने योजनामा आफूहरुको टीम लागिपरेको फार्मका सञ्चालक किसानी भाइराजले बताउनुभएकाे छ ।माछापालन, गाइपालन, भैंसीपालन तथा विभिन्न तरकारी र फलफूल खेती लगायतका कृषि व्यवसायलाई प्रवद्र्धन गर्ने र नेपालमा नै कृषि क्षेत्रका अवसरहरु रहेको सम्बन्धमा युवाहरुलाई जागरुक बनाउने कृषि क्षेत्रमा रहेर काम गर्न चाहने युवाहरुलाई विभिन्न किसिमका तालिम तथा प्राविधिक लगायतका सहयोगहरु समेत उपलब्ध गराई स्वस्थ कृषि कार्यक्रम अघी बढाउने मान्यता सहित यो फार्मले विभिन्न गतिविधिहरु सञ्चालन गरिरहेको छ । कहाँ छ माछापुच्छ्रे एग्रिकल्चर फार्म ?
काभ्रेको मन्दनदेउपुर नगरपालिका वडा नम्बर ८ स्थित कुन्तावेँसी क्षेत्रमा कृषि फार्म यो फार्म सञ्चालन हुँदै आएको छ । पद्दमाज्योति फाउण्डेसन अन्तरगत माछापुच्छ्रे एग्रिकल्चर एण्ड रिसर्च सेन्टर नामक कृषि फार्म सञ्चालन हुँदै आएको छ । खासगरी पछिल्लो समय नेपालीहरु कृषि क्षेत्रबाट विमुख हुँदै गइरहेको अवस्थामा यस क्षेत्रमा नेपाली युवाहरुलाई आकर्षित गर्दै मुलुकलाई दिगो विकास र आत्मनिर्भर बनाउने अभिप्राय सहित यो फार्मले कार्य गर्दै आइरहेको छ ।
फार्मको अहिलेको अवस्था र अन्य योजनाहरु ःहाल १२ ओटा बङ्गुर खोर सञ्चालनमा ल्याएको यस कृषि फार्मले माछापालन कार्य समेत गर्दै आइरहेको छ । स्थानीय किसानहरुलाई समेटेर करिब ५० रोपनी क्षेत्रफलमा पूर्ण क्षमतामा सञ्चालन गर्न लागिएको यो फार्मले गैरनाफामूलक तवरले कृषकहरुसँग सहकार्य गर्ने योजना समेत सार्वजनिक गरेको छ । फार्मका प्रबन्ध निर्देशक कृष्ण विजय श्रेष्ठ आफूहरुले नेपालमा कृषि क्षेत्रमा रहेको अवसर र सम्भावनालाई सम्बोधन गर्ने उद्धेश्य बमोजिम व्यावसायिक ढाँचाबाट ठूलो क्षेत्रमा कृषि कार्यको योजना अघी सारेको बताउनु हुन्छ । फार्मका योजना सम्बन्धमा यसो भन्छन् प्र्रबन्ध निर्देशक ः
हामी नेपालमा दिगो विकास अवधारणा बमोजिम कृषि पेशालाई अघी बढाउनुपर्छ भन्ने मान्यता सहित यो फार्म सञ्चालनको पहल गरेका छौं । स्थानीय किसानहरुको सहकार्यमा वृहद कृषि कार्यक्रमहरु सञ्चालन गर्ने योजना बमोजिम हाल हामीले नै किसानहरुलाई निःशुल्क रुपमा जग्गा तथा खोर लगायतका आधारभुत पूर्वाधारहरु उपलब्ध गराउने योजना बनाएका छौं । विषादीरहित कृषि योजनाको साथ हामीले कृषि कार्य अघी बढाइरहेका छौं । फार्म र कृषक बीच हुने आधारभूत सर्त ः
कृषकले माछापुच्छ्रे एग्रिकल्चर एण्ड रिसर्च सेन्टरले उपलब्ध गराएको जग्गामा आफूले उत्पादन गरेका कृषिजन्य उत्पादनहरु बापत उत्पादित वस्तुमा कुनै प्रतिफल व्यवस्थापन पक्षलाई उपलब्ध गराउनुपर्ने छैन । यद्यपि गाई, भैंसी, बङ्गुर लगायतका जनावरबाट उपलब्ध हुने मल चाहिँ सोही क्षेत्रमा पालिने माछाको उपयुक्त आहार हुने भएकोले उक्त मल उपलब्ध गराउनुपर्ने र यसबाट पर्यावरणीय सन्तुलन तथा स्वस्थ उत्पादनमा सहयोग पुग्नेमा फार्म व्यवस्थापन पक्ष सचेत रहेको देखिन्छ । फार्ममा उपलब्ध हुने सेवाहरु ः
आधुनिक तथा स्वस्थकर कृषि उत्पादनमा सचेत यस कृषि फार्मले आफ्नो व्यवस्थापनमा सञ्चालन गरेको यस माछापुच्छ्रे फार्ममा उक्त क्षेत्रमा सम्भव रहने सबै कृषि कार्यहरु सञ्चालनको योजना बनाएको छ । खासगरी सम्भावित देखिएका गाईपालन, भैंसीपालन, रेसम खेती, कागती खेती, हाँस पालन, बाख्रा पालन, माैरीपालन पुष्प व्यवसाय लगायतलाई प्राथमिकता साथ अघी बढाउने योजना बनाएको तर किसानहरुको रुचि तथा आवश्यकता बमोजिम अन्य उत्पादनहरु समेत उपयुक्त देखिए थप गर्दै लैजाने योजनामा आफूहरुको टीम लागिपरेको फार्मका सञ्चालक किसानी भाइराजले बताएका छन् । रासायनिक मल प्रयोगलाई निरुत्साहित गर्दै प्राकृतिक कम्पोष्ट मललाई नै प्रयोगमा ल्याई स्वच्छ वातावरणलाई प्रोत्साहन गर्नुपर्छ भन्ने योजनामा आफूहरु रहेको समेत उहाँले बताउनुभएकाे छ । बजारीकरण ः
स्थानीय कृषकहरुलाई कृषिमा आकर्षित गर्नको निम्ति आवश्यक सीपमूलक तालिमहरु सञ्चालन गर्ने र कृषकहरुले उत्पादन गर्ने तरकारी तथा मासुजन्य उत्पादनको बजारीकरण समेत यस फार्म अन्तरगतकै टीमबाट गर्ने गरी काम अघी बढाउन लागिएको छ । फार्म व्यवस्थापन पक्षले नै उत्पादित मासु तथा अन्य उत्पादनको बजारीकरणको लागि समेत कार्य गर्ने योजना बनाएको बताउँदै फार्मका प्रबन्ध निर्देशक कृष्ण विजय श्रेष्ठ किसानहरुले निर्धक्क साथ कृषि कार्यमा नै व्यस्त भए आफूहरुको योजना सफल हुने समेत बताउनुहुन्छ । राज्य प्रति सञ्चालनहरुको गुनासो ः
राज्यले व्यावसायिक तवरले कृषि कार्यमा संलग्न हुन चाहनेहरुलाई लक्षित गरी कृषि कर्जा तथा अनुदानको व्यवस्था समेत गर्दै आएको भएपनि यसरी उपलब्ध गराउने कृषि कर्जा तथा अनुदान समेत वास्तविक कृषकको पहुँचमा पुग्न नसकेको साथै कृषिमा युवालाई आकर्षित गर्न राज्य पक्ष मातहत कुनै पहल हुन नसक्नुले मुलुकको अर्थतन्त्र सन्तुलनमा आगामी दिनमा निकै ठूलो समस्या उत्पन्न हुन सक्ने कुरालाई समेत विचार गरी अहिले नै राज्य पक्ष युवाहरुलाई प्रोत्साहित हुने किसिमका कार्यक्रम सञ्चालन गर्नुपर्ने धारणा व्यक्त गर्छन् फार्मका सञ्चालकहरु । यस्ता कार्यक्रमहरु अहिले सम्म पहुँचवालाहरुको हितमा मात्र प्रयोगमा आइरहेको अवस्था भएपनि आफूहरु भने राज्य तथा अन्य कुनैपनि संस्थाबाट सहयोग नलिई अघी बढिरहेको अवस्थामा किसानहरुको सहयोग नै निकै महत्वपूर्ण हुने उहाँहरुको धारणा छ
कृष्ण विजय श्रेष्ठ , भक्तपुर
प्रबन्ध निर्देशक
9849344777 | 9818760444
anshirk.krishna777@gmail.com माछापुच्छ्रे एगृकल्चर रिसर्च सेन्टर (माछापालनको लागि)
किसानी भाइ राज , काभ्रे
फार्म संचालक-पशुपालन किसान
9813756137, 9866285203
pr.pushparaj55@gmail.com