धितो मूल्याङ्कन क्षेत्रको निम्ति स्पष्ट नीति आवश्यक छ


ई. ऋषि कोइराला, अध्यक्ष, नेपाल भ्यालुयर्स एसोसिएशन

इन्जिनियरहरुको कार्यदक्षताको सम्मान गर्ने परिपाटी समेत विकास हुनुपर्छ । उनीहरुको विज्ञता, क्षमता, अनुभव र योगदानको कदर हुनुपर्छ । नयाँलाई स्वागत र अनुभवीलाई कदर गर्ने परिपाटी विकास गर्दै लामो समयको अनुभव बटुलेका इन्जिनियरिङ फर्महरुलाई ठूला कामहरुमा प्राथमिकता साथ स्थान दिनु आवश्यक रहन्छ । नयाँ आएका कम्पनीहरुलाई पनि सोही बमोजिम अवसर दिइनुपर्छ । यसो हुन सकेको खण्डमा मात्र यस क्षेत्रको गुणस्तरीयतामा सुधार ल्याउन सकिन्छ ।

नेपालमा विभिन्न बैंकिङ संस्थाहरुलाई धितो उपलब्ध गराउने क्रममा उक्त सम्पत्तिको मूल्याङ्कन गर्ने कार्यमा संलग्न इन्जिनियरहरुको छाता सङ्गठनको रुपमा नेपाल भ्यालुयर्स एसोसिएशनले काम गर्दै आएको छ । हाल यस क्षेत्रलाई व्यवस्थित बनाउन नेपाल भ्यालुयर्स एसोसिएशनले विभिन्न प्रयत्नहरु समेत गरिरहेको छ । वि. सं. २०६८ मा स्थापना भएको नेपाल भ्यालुयर्स एसोसिएशनमा हाल करिब ४ सयको सङ्ख्यामा इन्जिनियरिङ फर्महरु आवद्ध छन् । विगतमा काठमाडौँ उपत्यका लगायतका मुख्य शहरी क्षेत्रमा सीमित रहेको मूल्याङ्कन क्षेत्र अहिले सम्म आइपुग्दा देशभर विस्तार भइसकेको छ । साथै यसको दायरा समेत विस्तार भएको छ । बैंक तथा वित्तीय संस्थाहरुको निम्ति सम्पत्ति मूल्याङ्कन गर्ने कार्य अहिले व्यक्तिगत अंशवण्डा देखि कर्पोरेट हाउसहरुको सम्पत्तिको मूल्याङ्कन समेतमा विस्तार हुन थालेको छ ।

संघको आवश्यकता :
विगतमा यस क्षेत्रमा संलग्न इन्जिनियरहरुले राम्रै तवरले काम गर्दा पनि विभिन्न विभिन्न आरोप लगाएर कुनै सोधपुछ बिना सिधै पक्रााउ गरेर मूल्यांकन कर्ताहरु लाई तर्साउने र दुःख र दिने अवस्था रहेको कारण र मूल्यांकन कर्ताहरु सङ्गठित हुन सके यस्ता समस्या समाधानको लागि सामुहिक पहल गर्न सकिन्छ भन्ने मान्यताले यो संघ स्थापना गरिएको हो ।स्थापना कालमा व्यावसायिक हक, हित र अधिकारको लागि काम गर्न संस्था चाहिन्छ भन्ने निकै थोरै इन्जिनियरिङ फर्महरु संलग्न रहेको यस संस्थामा हाल मूल्याङ्कर्ताको रुपमा संलग्न फर्महरु आवद्ध हुने क्रम उत्साहपूर्ण रुपमा बढेको छ । साथै नेपालमा रोजगारी सृजना तथा उद्यमशिलता विकासको निम्ति समेत यस क्षेत्रले निकै महत्वपूर्ण भूमीका निर्वाह गरेको छ । पेशालाई गुणस्तरीय बनाउँदै इमान्दारिताको साथ काम गर्नुपर्छ भन्ने मान्यतामा संस्था निरन्तर रुपमा अघी बढिरहेको संस्थाका अध्यक्ष ई.ऋषि कोइराला बताउनुहुन्छ । साथै नेपालमा अहिले सम्म पनि मूल्याङकनको क्षेत्र निश्चित निती नियम वा मापदण्डको साथ अघी बढ्न नसकेको अवस्थामा यसलाई व्यवस्थित तवरले अघी बढाउनुपर्ने मान्यता बमोजिम आफूहरु अघी बढिरहेको ऊहाँको धारणा छ ।

विस्तार हुँदै संस्थाको सञ्जाल :
अहिले नेपाल भ्यालुएटर्स एशोसिएसनका सदस्यहरु करिब ४ सयको सङ्ख्यामा छन् । ७ ओटा प्रदेश र एउटा केन्द्र गरी अहिले यस संस्थाको सञ्जाल देशभर नै विस्तार भएको छ । पूर्वाञ्चल च्याप्टर अन्तरगत उपशाखा र इकाई संरचना समेत अहिले स्थापना भइसकेको अवस्था छ । जनकपुर, वीरगञ्ज, चितवन, बुटबल, पोखरा, धनगढी लगायतका ठाऊँमा यस संस्थाको सञ्जाल विस्तार भएको छ । पछिल्लो २ बर्षमा यस संस्थाले तीव्रताको साथ सञ्जाल निकै नै विस्तार गर्न सकेको हो । विगत दुई वर्ष अगाडी यस संस्थाका सदस्यहरु १ सय ६० रहेकोमा हाल करिब ४ सय पुग्नुलाई पनि उपलब्धिको रुपमा नै लिन सकिन्छ । साथै मूल्याङकनकर्ताहरुको निरन्तर दबावको कारण विगतमा यस क्षेत्रमा रहेर काम गर्ने इन्जिनियरहरुलाई राज्य पक्षबाट हेरिने दृष्टिकोण समेत सकारात्मक धारणा बन्दै गएको छ ।

समयक्रम परिवर्तन भएको छ :
विगतमा यो संस्था स्थापना गर्ने समयमा यस क्षेत्रमा संलग्न व्यक्तिहरुले निकै कठिनताको सामना गर्नुपर्ने अवस्था थियो । अहिले सम्म आइपुग्दा भने यस संस्थाले राज्यलाई नीतिगत रुपमा दबाब सृजना गर्ने, मूल्याङकनहरुलाई एकजुट बनाउने, व्यवसायलाई व्यवस्थित गर्दै लैजाने लगायत सामाजिक उत्तरदायित्वको क्षेत्रमा समेत काम गर्ने मान्यता बमोजिम विभिन्न गतिविधिहरु अघी बढाउँदै आइएको छ ।

दिगो समाधानको लागि स्पष्ट नीतिको आवश्यकता :
कतिपय अवस्थामा कुनै कारणवश धितो बापतको जग्गाको कर्जा रकम फिर्ता हुन नसकेको अवस्थामा नियोजित रुपमा मूल्याङ्कनकर्ताहरुलाई अप्ठ्यारो पार्ने काम समेत हुने गरेको छ । हामी इन्जिनियरहरुलाई बैंकले आधिकारिक रुपमा उपलब्ध गराएका कागजपत्रहरुकै आधारमा जग्गाको मूल्याङ्कन गरिदिएपनि पछि तिनै कागजपत्रको आधारमा नियोजित रुपमा अप्ठ्यारो कारवाही गर्ने अवस्था समेत छ । यसबाट हामी निकै अप्ठ्यारोमा छौं । यस किसिमको समस्यालाई सम्बन्धित निकायबाट सम्बोधन हुनु जरुरी छ । इन्जिनियरहरु मुलुकको विकासका संवाहक
हुन् भन्ने कुरालाई विशेष महत्व दिँदै यस्ता समस्याहरु समाधानको लागि राज्य पक्ष गम्भीर बन्नुपर्छ । यसको लागि नीतिगत स्पष्टता, मूल्याङकन् निर्देशिका, ऐन नियमको अभाव नै मुख्य कुरा हुन् ।

गलत प्रवृत्तिको विरुद्ध संघको नेतृत्वमा आन्दोलन :
यो संघले अहिलेको अवस्थामा आउने क्रममा विभिन्न बाधाअवरोधहरु समेत खेप्नुपरेको छ । हामी संघमा आवद्ध करिब ३ सय इन्जिनियरहरु एकसाथ नबिल बैंकमा आन्दोलनमा समेत उत्रिनुप¥यो । इन्जिनियरबाट हुँदै नभएको गल्ति देखाएर जेल हालिने काम भएको परिस्थितिमा आफूहरु बाध्यतावश आन्दोलनमा जानुपरेको अध्यक्षको धारणा छ ।
नियतवश हुन सक्ने गल्तीबाट बच्नुपर्छ ः
अहिले नेपालमा कतिपय ऋणीहरुले नक्कली कागजात तथा ठाउँ परिवर्तन गरि व्यक्तिहरुबाट जग्गाको वास्तविक मूल्य भन्दा निकै कम मूल्यको जग्गालाई समेत उच्च मूल्यांकन गराउने र नियतवश नै बैंकको कर्जा नतिर्ने व्यक्तिहरु पनि अहिले यस क्षेत्रमा छन् । त्यस्ता व्यक्तिहरुको कारण अहिले यो क्षेत्रमा ठूलो समस्या सृजना भएको छ त्यस्ता ऋणीहरुलाई उचित कारवाही तथा छानविन नभई एक तर्फी रुपमा मूल्याङकन् कर्ता लाई मात्र ऋणी सरह सम्पूर्ण कर्जा भुक्तानी गर्नु पर्ने अन्यथा बैंकिङ कसुर वा कालो सुचीमा राख्ने गरिएको बाट यस संस्था अत्यन्त दुःखी रहेको छ ।

अहिले नेपाल भ्यालुएटर्स एशोसिएसनका सदस्यहरु करिब ४ सयको सङ्ख्यामा छन् । ७ ओटा प्रदेश र एउटा केन्द्र गरी अहिले यस संस्थाको सञ्जाल देशभर नै विस्तार भएको छ । पूर्वाञ्चल च्याप्टर अन्तरगत उपशाखा र इकाई संरचना समेत अहिले स्थापना भइसकेको अवस्था छ । जनकपुर, वीरगञ्ज, चितवन, बुटबल, पोखरा, धनगढी लगायतका ठाऊँमा यस संस्थाको सञ्जाल विस्तार भएको छ । पछिल्लो २ बर्षमा यस संस्थाले तीव्रताको साथ सञ्जाल निकै नै विस्तार गर्न सकेको हो । विगत दुई वर्ष अगाडी यस संस्थाका सदस्यहरु १ सय ६० रहेकोमा हाल करिब ४ सय पुगेका छन्

पीडामा छन् मूल्याङ्कनकर्ताहरु :
नेपालमा अहिले सम्म यो क्षेत्र अझै राम्रो तवरले व्यवस्थित बन्न सकेको छैन । यस पेशामा संलग्न रहेका इन्जिनियरहरुलाई जसरी नियतवश रुपमा फसाउने काम हुँदै आएको छ, हामीले यसको विरोध गर्नुपर्ने अवस्था छ । वास्तवमा इन्जिनियरिङ क्षेत्र भनेको विशुद्ध प्राविधिक क्षेत्र हो । यस क्षेत्रमा कार्यरत इन्जिनियरहरुलाई प्राविधिक पक्षको मात्र ज्ञान हुन्छ न कि नीतिगत तथा कानुनी । वास्तवमा मूल्यांकनकर्ताहरुले जुन जग्गाको मूल्यांकन गर्ने हो, त्यसको सही तवरले अध्ययन गरी त्यसैको आधारमा रिपोर्ट उपलब्ध गराउने काम गर्नुपर्छ । नेपालमा बैंक तथा वित्तीय संस्था मार्फत कुनै घरजग्गाको मूल्यांकन गर्ने क्रममा कुनै ग्राहक बैंकमा गई उपलब्ध गराएका कागजपत्रको आधारमा नै हामीले फिल्डमा गई अध्ययन गरेर रिपोर्ट दिने काम यस क्षेत्रका मूल्यांकनकर्ताहरु बाट हुने गर्छ । कतिपय अवस्थामा त्यसरी सम्बन्धित ग्राहकबाट उपलब्ध गराइएको कागजपत्र नै अवास्तविक  नक्कली हुने अवस्था समेत पाइन्छ । त्यस्तो अवस्थामा पनि हामी मूल्यांकनकर्तालाई आरोपित गर्ने काम समेत अहिले हुँदै आएको छ । यस्ता विविध गतिविधिहरुबाट आफूहरु पीडित रहेको अध्यक्षको धारणा छ । आफूहरुले नेपालको अहिलेको नीतिनियम बमोजिम नै मूल्यांकन कार्य गर्दै आएका भएपनि बैंक तथा व्यक्तिबाट भएको गल्तीमा मूल्यांकनकर्तालाई दोषी देखाउने प्रवृत्तिको विरुद्ध आफूहरुको घोर आपत्ति रहने समेत बताउनुभएको छ ।

धितो मूल्याङ्कनका आधारहरु :
मूल्यांकनकर्ताले कुनै सम्पत्तिको मूल्यांकन गर्ने क्रममा विभिन्न किसिमका मापदण्डको आधारमा उक्त सम्पत्तिको मूल्यांकन गर्नुपर्ने प्रचलन रहँदै आएको छ, जसले गर्दा सम्बन्धित बैंकले उपयुक्त देखिएमात्र बैंकले कर्जा उपलब्ध गराउन सकोस् । यसरी मूल्याङ्कन गर्दा बैंकको जोखिमपन घटाउन निकै सहयोग पुग्छ ।
अहिले चलनचल्तीमा रहेका मूल्याङ्कन प्रणाली अन्तरगर्त सरकारी दररेट, मार्केट रेट, वेजेज भ्यालु, फेयर मार्केट, कमर्सियल भ्यालु लगायतका विभिन्न पक्षहरुलाई आधार मान्ने गरिएको छ । यद्यपि अहिले अपनाउँदै आएका यी मूल्याङ्कनका आधारहरु पूर्णत सही मूल्याङ्कन गर्न सक्छ भन्न नसकिने बताउँदै यसमा सुधार गर्दै लैजानुपर्ने अध्यक्षको धारणा छ । खासगरी जग्गा मूल्याङ्कनको क्रममा जग्गाको भौगोलिक अवस्थिति, मुख्य सडक सम्मको दूरी, ठाउँ, परिस्थिति, प्रयोजन लगायतका कुराहरु विचार गर्नुपर्ने हुन्छ । मूल्याङ्कनकर्ता सम्भावित दुर्घटनालाई समेत ख्याल गर्नुपर्ने हुन्छ ।

कार्यदक्षताको सम्मान गर्नुपर्छ :
नेपालमा यस क्षेत्रमा काम गरिरहेका इन्जिनियरहरुको कार्यदक्षताको सम्मान गर्ने परिपाटी समेत विकास हुनुपर्छ । उनीहरुको विज्ञता, क्षमता, अनुभव र योगदानको कदर हुनुपर्छ । नयाँलाई स्वागत र अनुभवीलाई कदर गर्ने परिपाटी विकास गर्दै लामो समयको अनुभव बटुलेका इन्जिनियरिङ फर्महरुलाई ठूला कामहरुमा प्राथमिकता साथ स्थान दिनु आवश्यक रहन्छ । नयाँ आएका कम्पनीहरुलाई पनि सोही बमोजिम अवसर दिइनुपर्छ । यसो हुन सकेको खण्डमा मात्र यस क्षेत्रको गुणस्तरीयतामा सुधार ल्याउन सकिन्छ ।

दोषीलाई कानुनी दायरामा ल्याउनु राज्यको पनि दायित्व :
अहिले नेपालमा बैंकबाट रकम कर्जा लिने व्यक्तिले समयमा रकम असुल गर्न नसक्दा त्यसको प्रत्यक्ष मारमा लगानीकर्ता, सर्वसाधारण तथा मूल्यांकनकर्ता सबै पर्छन् । वास्तवमा बैंकबाट रकम लिएपश्चात् भुक्तानी नगर्दा बैंक तथा आर्थिक सन्तुलनमा समेत नकारात्मक प्रभाव पर्ने अवस्था रहन्छ । यसबाट मुलुकमा पर्न सक्ने असन्तुलनलाई ख्याल गर्दै समस्या समाधानको लागि पहल गर्न नेपाल सरकार मातहतका निकायहरुको पनि महत्वपूर्ण जिम्मेवारी रहने गर्छ ।

गल्ति भए नियम सङ्गत तवरले कारवाही हुनुपर्छ :
मूल्याङ्कनको क्रममा मूल्यांकनकर्ताहरुबाट वास्तवमा नै गलत तवरले काम भएको रहेछ भने उनीहरुलाई कारवाहीको दायरामा पनि ल्याउनुपर्छ, कारवाही नै गर्नुहुँदैन भन्ने आफूहरुको मान्यता नभएको बताउँदै यस कार्यमा नियम सङ्गत तवरले कारवाही प्रक्रिया अघी बढाउनुपर्ने, यसो हुनसकेको खण्डमा विना कसुरको व्यक्ति समेत पक्राउ पर्न सक्ने अवस्थाबाट बच्न सकिने अवस्था सृजना हुन सक्छ ।

अन्त्यमा, नेपालमा यस क्षेत्रलाई व्यवस्थित बनाउने क्रममा एउटा निकाय मात्र जिम्मेवार भएर हुँदैन । यस क्षेत्रसँग निकटतम सम्बन्ध रहेका सबै क्षेत्रको उत्तिकै भूमीका रहने गर्छ । नेपालमा रहेका बैंक तथा वित्तिय संस्था, मूल्यांकनकर्ता, कर्जा लिने सम्बन्धित व्यक्ति लगायत सबै पक्षलाई उत्तिकै जिम्मेवार बनाउँदै जहाँ जसबाट जुन कमजोरी भएको छ, त्यसलाई कारवाहीको दायरामा ल्याउने किसिमले व्यवस्था गर्नु जरुरी रहन्छ । यसो हुनसकेमात्र धितो मूल्याङ्कनको काम गर्दै आएका इन्जिनियरहरुको अवस्थामा सुधार हुन सक्छ ।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: