ललितपुरकाे शुज पार्कमा जुत्ता एक्सचेन्ज मेला


  • ‘नेपाली जुत्ता प्रयोग गरौं । स्वदेशी उत्पादनमा गर्व गरौं’ भन्ने नाराको साथ स्थापना भएकाे ललितपुर मलकाे शुज पार्कमा एक्सचेन्ज मेला शुरु भएकाे छ ।
  • नेपालमा उत्पादित जुत्ताचप्पलहरु नेपाली उपभोक्ताहरुमा दिनप्रतिदिन लोकप्रिय बन्दै गइरहेको अवस्थामा विदेशबाट आयात हुने कमसल गुणस्तरका जुत्ताहरु विस्थापनमा जुत्ता एक्सचेन्ज मेलाले विशेष सहयोग पुग्ने मेला आयोजककाे अपेक्षा छ। यसबाट नेपाली श्रम, सीप र पुँजीलाई बढावा दिन विशेष सहयोग मिल्ने अपेक्षा गरिएको छ ।

मेलाका विशेषताहरु :
मेलामा नेपालका विभिन्न चर्चित ब्राण्डका जुत्ताहरु एकै ठाउँमा उपलब्ध छन् । साथै  क्रेताले आफुसँग भएको जुनसुकै कम्पनीकाे जस्तोसुकै पुरानो जुत्ता लिएर आएपनि त्यसको १ हजार रकम मुल्याङ्कन गरी कम्पनीकाे अाधिकारिक विक्री मुल्य अनुसार जुत्ता लिन सकिनेछ ।

एक्सचेन्ज मेलामा १ हजार ९ सय ९५ देखि ४ हजार १ सय रुपियाँ सम्मका विभिन्न १ हजार डिजाइनको हाराहारीमा जुत्ता उपलब्ध रहेको समेत बताइएको छ । मेला हरेक दिन विहान ९ बजे देखि बेलुका ७ बजे सम्म खुल्ला रहनेछ । साथै शनिवार समेत मेला खुल्ला रहनेछ ।

मेलास्थल ललितपुरमा भने पाटन अस्पतालको अगाडि रहेको ललितपुर मलको पहिलो तल्लामा (भर्याङ सँगै) छ । जुन साझा बसको स्टप सँगै पर्छ । उक्त भवनलाइ सञ्चयकाेष भवनकाे नामले समेत चिनिन्छ । मेलाबारे कुनै जानकारी वा जिज्ञासा भए ९८६७०५९०६१ र ९८६७०५९०६९ मा सम्पर्क गर्न सकिनेछ ।

मेलामा विवाह पार्टी लगायतलाइ लक्षित गरी पाटी शुजऽ अफिस शुज क्याजुअल शुज स्कुल शुज कलेज शुज क्वाटर बुट फुल बुट लाेफर बुट स्पाेर्ट शुज अफिसर बुट साथै  सबै किसिमका सबै वर्गलाइ अाधुनिक डिजाइनका शुजहरु यस मेलामा उपलब्ध छन् ।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: