नेपालमा पर्यटक भित्र्याउनका लागि स्तरीय पूर्वाधारहरुको विकास गर्नुपर्छ : सुवेदी


खुम बहादुर सुवेदी, वरिष्ठ उपाध्यक्ष, टेर्किङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान)

वि.सं.२०३० साल असार ५ गते धादिङ जिल्लाको ज्वालामूखी गाउँपालिकामा सामान्य परिवारमा जन्मिएका खुम बहादुर सुवेदीले गाउँबाटै २०४७ सालमा एसएलसी तहको अध्ययन पूरा गरेका हुन् । त्यसपछि आफ्नो भविष्य खोज्न गाउँबाट हिँडेर मलेखु आएर गाडी चढी काठमाडौं छिरे उनी । काठमाडौं आएपछि उनले विभिन्न पेशा गर्ने सिलसिलामा राष्ट्रिय कम्प्युटर केन्द्रमा काम गर्ने मौका पाए । तत्कालिन नेपाल सरकारको मातहतमा रहेको कम्प्युटर केन्द्र थियो त्यो अहिले खारेज भइसकेको छ । त्यसबेला धादिङ जिल्लाबाटै कम्प्युटर सिक्नेमा दोस्रो व्यक्ति भएको दाबी गर्छन् उनी । त्यसपछि उनले गोल्छा अर्गनाइजेसनमा काम गरे ।

पर्यटन मन्त्रालय पर्यटन क्षेत्रको अभिभावक हो । नेपाल सरकारले नेपालको पर्यटन व्यवसाय भनेको के हो ? र यसलाई कसरी व्यवस्थिति गर्न सकिन्छ भन्ने विषयमा ध्यान जरुरी छ । हाम्रा धेरै पढलेख गरेका युवा जनशक्तिहरु युरोपियन कन्ट्रीतिर गएका छन् भने कम पढलेख भएका युवा जनशक्तिहरु खाडी मुलुकतिर । त्यस्ता युवा शक्तिहरुलाई नेपालमा रोक्नका लागि पर्यटन क्षेत्रलाई व्यवस्थित र बलियो बनाउनुपर्छ ।

यसरी विभिन्न कम्पनीमा काम गर्दै पछिल्लो समय ट्रेकिङ कम्पनीमा काम गर्ने मौका पाए । ट्रेकिङ व्यवसायमा हात हाल्ने मौका पाएपछि त्यो कामको अनुभवलाई कम्पाइल गर्दै अहिलेको नाथम होटल व्यवस्थाप तथा तालिम केन्द्रमा ट्रेकिङ गाइडको तालिम लिई लाइसेन्स प्राप्त गरे । लाइसेन्स लिएपछि पहिलो ट्रेकिङयात्रा पोखराहुँदै घोरेपानी पुणिखेलको ट्रेकिङ गरे । त्यसबेला उनले रसियन कन्ट्रीको नागरिकलाई सेवा दिने मौका पाए । नेपालको महत्वपूर्ण मनास्लु हिमालको एस्पिडेसनमा सहभागी भएर हाइक्याप्पसम्म पुगेर काठमाडौं फर्के । यसरी उनी पर्यटकीय गतिविधिमा सहभागी भए । त्यही बेला विदेशीहरुले पनि धेरै सहयोग गरेको अनुभव सुनाउँनछन्, उनी । विदेशीहरुले तपाई ट्रेकिङ कम्पनी खोज्नुस्, हामी सहयोग गर्छौ भन्ने सल्लाह दिए उनलाई सोही आधार उनले ट्रेकिङ व्यवसाय शुरु गरे । आफैले ट्रेकिङ कम्पनी खोलेपछि विभिन्न देशका नागरिकहरुसँग चिनजान भयो । यसैबाट धेरैभन्दा धेरै विदेशी पर्यटकहरुसँग संगत र चिन्न गर्ने अवसर मिल्यो उनलाई ।

तिनै अनुभव र संगतले गर्दा आज पर्यटन व्यवसायमा केही गर्न सक्ने व्यक्तिको रुपमा स्थापित भएर यस क्षेत्रमा केही गर्न सकिन्छ भन्ने भावनाबाट प्रेरित भएर पर्यटन गतिविधि गर्ने ग्लष्त्रगभ ब्मखभलतगचभ इन्टरनेशल प्रा.लि. कम्पनी खोले उनले । आज त्यसैलाई व्यवसायिक कम्पनीको रुपमा अगाडि बढाइरहेको बताउँछन् । यसका अलावा टान्सपोर्ट कम्पनी, हेलिकोप्टरबाट हिमालको दृश्यावलोकन गराउने काम गर्दै आएका छन् ।
पर्यटन क्षेत्रमा २६ वसन्त पार गरिसकेका अनुभवी र सफल पर्यटन व्यवसायी हुन् सुवेदी । उनले पदयात्रा गाइडको कामबाट शुरु गरका हुन् । यो पेशामा प्रवेश गरेपछि नेपालको अत्यन्तै सुन्दर दृश्यावलोकन, विश्वमा नेपाललाई चिनाउने हिमाल र हिमाली क्षेत्र घुम्ने, मौका पाएको बताउँछन् उनी । उनले पदयात्राको रमाइलो दृश्यावलोकनसँगै त्यसलाई व्यवसायको रुपमा रुपान्तर गरेका हुन् । रमणीय यात्राबाट भविष्यको रेखा कोर्ने व्यवसायी हुन पाएकोमा आपूmलाई भाग्यमानी भएको बताउँछन् उनी ।

उनले पर्यटन व्यवसायको माध्यमबाट नै विश्वका ७२ देश भ्रमण गर्ने अवसर पाइसकेको छन् । यसकै माध्यमबाट विश्वलाई नजिकबाट चिन्नुका साथै धेरैभन्दा धेरै विदेशीहरुसँग संगत गर्ने मौका पाएकोमा खुशी व्यक्ति गर्दछन् । पर्यटन क्षेत्रमा आकर्षित हुनुको मुख्य उद्देश्य के हो भन्दा उनी भन्छन्, ‘सानै हुँदा विदेशीहरु आफै‌ झोला बोकेर उकालो, ओरालो गर्दै आउँथे । अनि यी मान्छेहरु के कामका लागि किन आउँछन् यसरी भन्ने आश्चर्य लाथ्यो उनलाई । खासगरी ह्वाइट फेसका मान्छेहरु देखिन्थे’, उनी भन्छन् । त्यसले उनलाई कताकता आफू पनि उनीहरुका बारेमा बुझ्ने जिज्ञासा जागेर आएपछि यो पेशातिर आकर्षित भएको उनी बताउन्छन् । विदेशीसँग चिनजान र भाषा साटासाट गर्दागर्दै गाइडको काम गर्न थाले । अनि विस्तारै पर्यटन व्यवसायतिर आकर्षित भएर यहाँसम्म आइपुगेका हुन् उनी । त्योभित्र उकालीओरालीहरु धेरै भएको अनुभव बताउँछन् उनी ।

हिमालदेखि पहाडहुँदै तराईसम्म घुमेका थुप्रै अनुभव उनीसँग छन् । यी ठाउँहरु डुुल्दा कतिपय मोडहरुमा धेरै दुःख पाएको र धेरै रमाइलो पनि भएको उनको भोगाइ छ । हिमाली क्षेत्रमा आजको टेक्नोलजीले पहिलाको भन्दा धेरै सहज बनाइसकेको छ । पहिला उनी पर्यटन व्यवसायमा काम गर्दा र अहिलेको आधुनिक टेक्नोलजीको जमानालाई तुलना गर्ने हो भने आकाश–जमीनकै फरक भइसकेको छ । पहिला क्याम्पियन ट्रेक मात्रै हुन्थ्यो, धेरै गाइड भरियाहरु जार्नुपर्ने खुला ठाउँमा सुत्नुपर्ने हुन्थियो । तर, आज आएर त्यो लजमा परिणत भएको अनुभव उनी सुनाउँछन् ।

पर्यटन क्षेत्रका चुनौतिहरुः
हामीले पर्यटन क्षेत्रमा खासै राम्रो गुरु योजना बनाउन सकिएको छैन । इन्फ्यास्टक्टक्चर पनि डेभलप गर्न नसकेकोमा उनको चित्त दुखाई छ । विगतको राजनीतिक अस्थिरताले गर्दा पनि पर्यटन क्षेत्रको वास्तविक अनुभूति गर्न नसकिएको उनको बुझाई छ । यस क्षेत्रको विकास गर्न धेरै कुरामा सुधार गर्नुपर्ने र पर्यटनको महत्वका बारेमा धेरै बुझाउनुपर्ने आवश्यकता भएको बताए । यसबाट देशलाई के फाइदा छ भन्ने कुरा सम्पूर्ण नेपाली जनतालाई थाहा हुनुपर्छ ।
पर्यटन क्षेत्रमा रहँदा हामीले दुई किसिमको अपेक्षा गरेका छौं । नेपालको विकासको लागि पर्यटन बाधक नबनोस् । हिमाली क्षेत्रमा धेरै रोडहरु बन्दै गएकाले पर्यटन विनास हुँदै गाएको छ । हामीले चाहेको पर्यटन भनेको गाउँको विकास पनि होस् र ट्रेकिङ ट्रायल्सहरु पनि नभत्कियोस्, नबिग्रियोस् भन्ने हो । माउन्टेन पहाडमा विदेशीले पनि त्यत्तिकै इन्जोय गरुन् र नेपाली जनताले पनि त्यसलाई उपभोग गरुन् भन्ने हो । तर, विगत र अहिलेको सरकारले पर्यटनको महत्व भने बुझेनन् । रोड कहाँबाट लाने र पर्यटन कहाँबाट लाने भन्ने इन्जिनियरिङ एङ्गलबाट हेरिएन । गाउँमा रोड लाने नाममा जहाँबाट पायो त्यहाँबाट खनियो तर त्यसले पर्यटनलाई बिगारेकोतिर ध्यान नदिएकोमा उनको गुनासो छ । पर्यटन पनि नमासिने र रोडको विकास पनि हुने थियो त्यो तरिका नजान्दा मासिएर गयो ।

जसका कारणले गर्दा गाइड पोर्टरहरुले जति रोजगारी पाएका थिए आज त्यो रहेन । पोर्टर र गाइडको रोजगारी घटेर गएको अवस्था छ । अब जति बाँकी छन् त्यसलाई चाहीँ रोडको विकास पनि गर्ने र ट्रेकिङ्ग गाइडहरुको बचावट पनि गर्ने काम गरेमात्र जोगिन्छन्, उनले भने । हामीले विदेशी पर्यटकहरुलाई आकर्षित गर्नलाई हवाई सेवाको विस्तार र ट्रेकिङ क्षेत्रको व्यवस्था गर्न जरुरी छ । यसमा नेपाल सरकारले अलिकति मेहनत गर्न सकेमा अभैm पनि पर्यटन क्षेत्रको विकास हुनेमा उनी विस्वस्त रहेका छन् ।

युवा पलायनका बारेमा उनका धारणाः
पर्यटन मन्त्रालय पर्यटन क्षेत्रको अभिभावक हो । नेपाल सरकारले नेपालको पर्यटन व्यवसाय भनेको के हो ? र यसलाई कसरी व्यवस्थिति गर्न सकिन्छ भन्ने विषयमा ध्यान जरुरी छ । हाम्रा धेरै पढलेख गरेका युवा जनशक्तिहरु युरोपियन कन्ट्रीतिर गएका छन् भने कम पढलेख भएका युवा जनशक्तिहरु खाडी मुलुकतिर । त्यस्ता युवा शक्तिहरुलाई नेपालमा रोक्नका लागि पर्यटन क्षेत्रलाई व्यवस्थित र बलियो बनाउनुपर्छ । जसको कारणले धेरै युवाहरुको लागि रोजगारीको सिर्जना हुन्छ । त्यसको लागि हामीले पर्यटन क्षेत्रलाई विकसित गर्ने, पर्यटकहरु आउने वातारण बनाउने काम गर्नुपर्छ । त्यसमा नेपाली युवाहरुलाई समावेश गर्नुपर्छ ।

त्यसो गर्न सकेको खण्डमा विदेश पलायन हुने संख्या घट्ने छ । आफ्नै देशमा रोजगारीको सम्भावना भएको खण्डमा युवाहरु विदेश पलायन हुँदैनन् । उनी अगाडि भन्छन्, ‘मैले २००५ मा बेल्जियम जस्तो सुन्दर देशमा जाने मौका पाएको थिएँ । जुन बेलामा यसलाई मिनी युरोप भनिन्थ्यो त्यस्तो ठाउँलाई छोडेर नेपाल आएँ । यदि म त्यहाँ बसेका भए आज एनआरएनको पदीय दायित्वमा पुग्थ्ये । त्यहाँको एउटा सम्मानित व्यपारी हुने थिएँ । त्यो सम्भावनालाई पनि मैले छोडेर नेपाल आएँ । विदेशमा होइन नेपालमै केही गर्नुपर्छ भनेर म नेपाल आएको हुँ । जुन बेला नेपालमा माओवादी द्वन्द्व चर्किएको थियो । जसुरी माओवादी द्वन्द्वमा नेपाल फसेको बेलामा पनि नेपालमै केही गर्नपर्छ भनेर म नेपालमा आएँ त्यसै गरी विदेशीएका युवाहरुलाई आफ्नै देशमा केही गर्नपर्छ नेपालमा पनि सम्भावना भएको मुलुक हो भनेर विश्वास दिलाउन सक्नुपर्छ राज्यले, उनले थपे । यसमा हामीले सरकारलाई झक–झक्याउने मात्रै नभएर एउटा पहरेदारको रुपमा भूमिका खेल्नुपर्छ ।

युवाहरुलाई पर्यटन व्यवसायमा कसरी आकर्षित गर्ने ः
यसमा हामी पनि त्यत्तिकै जिम्मेवार हुनुपर्छ । कतिपय कुरामा हामी पनि जिम्मेवारीभन्दा बाहिर गएको हुन सक्छ । व्यवसायी हुँदैमा सबै क्षेत्रमा दक्ष हुँदैन त्यसमा सरकारले पनि अभिभावकको भूमिका निर्वाह गर्नुपर्छ । अनि मात्र सक्षम जनशक्ति उत्पादन हुन्छ । हामी थुप्रै पर्यटन व्यवसायी छौं, तर त्यसलाई मर्यादित र जिम्मेवार बनाउन सरकारले अभिभावकको भूमिका खेल्न जरुरी छ ।

आफ्नै देशमा रोजगारी सिर्जना गर्नको लागि हामीजस्ता व्यवसायीहरुलाई सरकारले डो¥याउन सक्नुपर्छ । उनी भन्छन्, ‘हामी नेपालमै व्यवसाय गरेर राज्यलाई कर तिरेका छौं थोरै भए पनि युवाहरुलाई रोजगारी सिर्जना गरेका छौं । तर, यो गरेबापत हामीले सरकारबाट के पायौं त भन्ने विषय पनि छ । पर्यटन व्यवसायीहरुले नेपालमै बसेर व्यवसाय गर्दा राज्यले हामीलाई पनि यो दिएको भन्ने अनुभूति हुनु जरुरी छ । हामी अभैm उत्साहित भएर देश र जनताका लागि लाग्ने वातारण सरकारले सिर्जना गर्नुपर्छ ।

नेपाल सरकारले २०२० लाई पर्यटन वर्षको रुपमा घोषणा गरेको छ । यसलाई व्यवसायीको हिसाबबाट समर्थन गरिएला तर पर्यटक आउने सवालमा विरोध गर्नुपर्ने हुन्छ । यो अर्थमा विरोध गर्नुपर्ने हुन्छ कि विगत दुई वर्षयता राम्रो विदेशीहरु आए, तर हामीले सर्भिस दिन सकेनौं । विदेशी मात्र आएर पर्यटन वर्ष मनाइँदैन, यसलाई व्यवस्थित गर्ने वातावरण बनाउनुपर्छ । त्यसबेला हामी एक–आपसमा द्वन्द्वात्मक हुनुपर्ने अवस्था हुन्छ हामीले भनेको बेलामा कार्ड पाउँदैनौं । हामीसँग भनेअनुसारको गाइड नभएर भाषाको अभाव छ । अलि बढी टुरिष्ट आए भने भनेको बेला प्लेनमा सिट पाइँदैन ।
होटलको रुम भनेजस्तो पाइँदैन । यी यावत कुराको अभावमा हामीकहाँ पर्यटक मात्र आएर के गर्ने व्यवस्थापन गर्नुप¥यो । पर्यटक मात्रै आएर पुग्दैन त्यसलाई व्यवस्थापन गर्ने गुरुयोजना हुनुपर्छ, । अहिले २० लाख होलान् पछि बढेर त्यो बढी हुन सक्छन् । त्यसबेला के गर्ने त्यसैले नेपालमा पर्यटक आउनुभन्दा पहिला योजना बनाउनुपर्छ । आउँदा दिनमा पर्यटकहरुलाई बढाउनका लागि प्लेनको संख्या बढ्नुपर्यो, क्वालिटीका गाडी, होटल, शान्ति सुरक्षा राम्रो बस्ने बासलगायत यावत कुरा व्यवस्था हुनु जरुरी छ, उनी बताउँछन् ।

पर्यटकका लागि स्थानविशेषको अनुभवी गाइडको व्यवस्था हुनुपर्छ । यी सबै कुराको व्यवस्थापन गरेर मात्र २०२० मा पर्यटक ल्याउन आह्वान गर्नुपर्छ, –उनले भने, ‘म टानको वरिष्ठ उपाध्यक्षको हैसियतले पर्यटन मन्त्रीलाई पनि पर्यटक आउनुभन्दा पहिला हामीलाई टुरिष्टहरुलाई चाहिँने भौतिक पूर्वाधार तयार गरेर मात्र पर्यटक बोलाउन आग्रह गर्छु ।’ जसरी हामीले २०२० लाई पर्यटन वर्ष घोषणा गरेका छौं त्यसैगरी त्यसलाई व्यवस्थापन गर्न तयारी गरेनौ भने व्यवसायी–व्यवसायीबीच नै काटमारको अवस्था सिर्जना हुन सक्छ । पर्यटकहरुलाई भनेजस्तो सुविधा दिन नसक्दा व्यवसायी–व्यवसायीबीच झगडा हुन सक्छ भनेर हामीले पर्यटन मन्त्रीलाई पनि भनिसकेका छौं । सरकारले पनि यस क्षेत्रको विकासको लागि केही पहल कदमी गर्नुहोला भन्ने पूर्ण आशा छ भन्छन्, उनी ।

नेपालको राजनीतिबारे सुवेदीको धारणा
जुनसुकै देशमा राजनीति हुन्छ । तर, देशलाई विकसित बनाउन त्यहाँ स्वस्थ प्रतिस्पर्धाको राजनीति हुनुपर्छ । विकसित देशहरुमा स्वस्थ प्रतिस्पर्धाको राजनीति हुन्छ । हाम्रो देशमा त्यस्तो राजनीति अवस्था छैन । गरीव देश भएर होला राजनीतिक दलदेखि कर्मचारी तन्त्रसम्म नै साँघुरो सोचाइ भएका व्य्िरक्त छन् । राजनीतिलाई संकुचनले गर्दा नै नेपालमा विकास हुन नसकेको । जुन देशमा स्वस्थ प्रतिपर्धाको राजनीतिक हुन्छ त्यहाँ मात्र आर्थिक उन्नति हुन्छ । राजनीति नभइनहुने कुरा हो तर आर्थिक उपार्जन गर्न सक्ने किसिमको स्वस्थ प्रतिस्पर्धाको राजनीति आजको आवश्यकता हो ।

पर्यटन क्षेत्रका युवालाई कस्तो सहल्ला दिनुहुन्छ भन्दा उनी भन्छन्, ‘हाम्रा देशका युवाहरु रोजगारीका लागि विदेशीको अवस्था छ । उनीहरुको दैनिक जीवीका पार्जनका लागि पनि विदेशिन वाध्य छन् । यहाँ युवाहरुले आफ्नो भविष्य नदेखेर नै विदेशिएका हुन् । नेपाल सरकारले युवाको क्षमताको आधारमा रोजगारी सिर्जना गर्नुपर्छ । खासगरी सरकारले कुन युवा के गर्न दक्ष छ, पहिला त्यसको अध्ययन गर्नुपर्छ । डाक्टरले त्यही क्षेत्रमा, इन्जिनियरले, त्यही क्षेत्रमा, ड्राइभरले त्यही क्षेत्रमा र कम्प्युटर चलाउन जान्नेले त्यही क्षेत्रमा काम पाउने अवस्था भयो भने उसको सीप हेरेर रोजगारी सिर्जना गर्नुपर्छ ।

अन्तिममा उनी भन्छन्, “मैले भन्नुपर्ने त धेरै कुरा छन्, तर छोटकरीमा भन्नुपर्दा नेपालको पर्यटन उद्योग धेरै महत्वपूर्ण क्षेत्रमा थोरै मेहनतले धेरै आर्थिक उपार्जन गर्न सकिन्छ ।” त्यसकारण नेपाल सरकारले पर्यटन उद्योगलाई व्यवसायी रुपमा अगाडि बढाउन सक्नुपर्छ । पर्यटन व्यवसायीहरुलाई यसको महत्व अभैm बढी देखाउनुपर्छ । रुल्स एण्ड रेगुलेसनलाई समय सापेक्ष रुपमा परिमार्जन गरेर युवाहरुलाई नेपालमा नै प्रशस्त सम्भावनाहरु छन् भनेर विश्वास दिलाउन सक्नुपर्छ ।

(प्रस्तुती कालीका महत)

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: