७ सय ५ वर्षपछि श्रीराम तारकब्रह्म महायज्ञ हुँदै

  • ‘नेपाल कृषिप्रधान देश हो । तर, हामीले ८० प्रतिशत अन्न किनेर खानुपर्ने स्थिति छ, हाम्रो जीवनशैली कृषि हो, कृषि पेशा छोडेर अन्यत्र जाने काम भईरहेको छ, कृषिजस्ता पवित्र कर्म अरु कुनै छैन्, कृषकलाई निरोगी बनाउँछ, अरुलाई पाल्न सक्ने पेशा यही कृषि हो, हामी हरित क्रान्तिमा जुटि रहेका छौं, हरित गृहमा बायुमण्डीलीय प्रभावलाई रोक्न र प्राकृतिक सम्पदाको अविवेकपूर्ण दोहनबाट जोगाउमा सबैले ध्यान दिनुपर्छ -श्री श्री श्री १००८ बैष्णव डा.कृष्णदास महाराज

  • काठमाडौं -नेपाली ईतिहासमा नै पहिलो पटक श्रीराम तारकब्रह्म महायज्ञ हुने भएको छ । जगदगुरु श्रीरामानन्दाचार्य सेवापीठ, महायोगी सिद्धबाबा अध्यात्मिक प्रतिष्ठाको आयोजनामा ७ सय ५ वर्षपछि श्रीराम तारकब्रह्म महायज्ञ हुन लागेको हो । श्रीरामानन्दाचार्य सेवापीठ हनुमान मन्दिरको प्राङगण वराहक्षेत्र सुनसरीमा यहि आगामी २०७५ माघ २७ वसन्त पञ्चमीदेखि शुरु भई २०७५ फागुन ७ गतेसम्म महायज्ञ सञ्चालन हुनेछ । । महायज्ञको औचित्य बारे जानकारी दिन शुक्रवार राजधानीमा विशेष पत्रकार सम्मलेन गरिएको थियो ।

    पत्रकार सम्मलेलनमा श्री श्री श्री १००८ श्री बैष्णव डा.कृष्णदास जी महाराजले हरित नेपाल, स्वस्थ नेपाल, स्वच्छ नेपाल, संमृद्ध नेपाल, स्वावलम्बि नेपाल सु-संस्कारी नेपालको लागि महायज्ञको आयोजना गर्न लागेको बताए ।

     

    डा.कृष्णदास जी महाराजले राष्ट्र, राष्ट्रियता र आत्म, आत्मियतासहितको मानव समुदाय विकसित हुनुपर्ने धारणा राखे । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कार र संस्कृति नेपालीहरुको पहिचान भएको बताउँदै उनले भने,‘हामी नेपालीहरुले आफूलाई चिन्न छोड्दैछौं, अरुको प्रगतिमा दास हुन जादैछौं, जुन कुरा नेपालीको लागि महाघातक छ, समयमै आफुभित्र नेपालीपन खोज्नुपर्छ ।’ सबैभन्दा पवित्र कर्म कृषि रहेको भन्दै डा।कृष्णदास महाराजले भने,‘नेपाल कृषिप्रधान देश हो । तर, हामीले ८० प्रतिशत अन्न किनेर खानुपर्ने स्थिति छ, हाम्रो जीवनशैली कृषि हो, कृषि पेशा छोडेर अन्यत्र जाने काम भईरहेको छ, कृषिजस्ता पवित्र कर्म अरु कुनै छैन्, कृषकलाई निरोगी बनाउँछ, अरुलाई पाल्न सक्ने पेशा यही कृषि हो, हामी हरित क्रान्तिमा जुटि रहेका छौं, हरित गृहमा बायुमण्डीलीय प्रभावलाई रोक्न र प्राकृतिक सम्पदाको अविवेकपूर्ण दोहनबाट जोगाउमा सबैले ध्यान दिनुपर्छ ।’ डा।कृष्णदास महाराजले जात, पात उच निचरहित जीवन जिउन मानव एक भएर बाँचौं भन्ने हिन्दुधर्मको मुल मन्त्र भएको भन्दै यसलाई कुनै व्यक्ति वा संस्थासँग जोड्न नमिल्ने बताए । त्यस्तै कार्यक्रममा जगद्गुरु श्रीरामानन्दचार्य सेवा पीठ एवम् महायोगी सिद्धबाबा आध्यामिक प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष गोविन्दबाबु तिवारीले श्रीराम तारकब्रम्ह महायज्ञ राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने बताए ।

     

    नेपालको भविष्य निर्माणको आधार तयार गर्नका लागि श्रीराम मन्त्रराजले १६ करोडको हवन अर्चन गरिने ‘श्रीराम तारकब्रम्ह महायज्ञ’ को लागि गत महाशिवरात्रीदेखीदेश विदेशमा रहेका १२०० साधक साधिकाहरुले कुल १ अर्ब ६० करोडको संख्यामा मन्त्र जप अनुष्ठान गरिरहेका छन् ।’ जगद्गुरु श्रीरामानन्दचार्य सेवा पीठ एवम् महायोगी सिद्धबाबा आध्यामिक प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष तिवारीले भने,‘आगामी माघ २५ गते वृहत शोभायात्राबाट हुने यस महायज्ञ र नवनिर्मित अतिथिगृह समेतको उद्घाटन हुनेछ, जगद्गुरु श्रीरामानन्दाचार्य सेवा पीठ परिसर, वराहक्षेत्र धाम सुनसरी चतरामा सम्मानीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूबाट हुनेछ।

    सिद्धबाबावाट दिक्षित साधक साधिकाहरुवाट करिव ८ करोडको आर्थिक सहयोगवाट सुविधायुक्त कुल १२६ कोठाको आवस गृह सम्पन्न भै सकेको छ । महायज्ञमा प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईसहित दुई हजार पाँच सय अतिथिहरुको उपस्थिति रहनेछ ।

    प्रस्तावित यज्ञ किन ?

    यज्ञ आध्यात्मिक दृष्टिकोणवाट मात्र नभई भौतिक विज्ञानका दृष्टिकोणवाटसमेत आवश्यक प्रमाणित भइरहेकाले यस यज्ञको सङकल्प गरिएको हो ।

    क . यज्ञवाट उत्पन्न हुने धुवाँले प्रचुरमात्रामा अक्सिजन उत्पादनका साथै ओजन तहको घनत्व वृद्धिभई सूर्यवाट आउने हानिकारक विकिरणलाई छेकेर पृथ्वीलाई सुरक्षित गर्ने भएकाले,

    ख. यज्ञवाट अतिवृष्टि र अनावृष्टिजस्ता प्रकोप रोकथाम भई उपयुक्त वृष्टि हुन्छ र पृथ्वी उर्वर भएर दिव्य अन्न र औंषधीय वनस्पतिहरुको उत्पादनमा वृद्धि भई प्राणी जीवनको रक्षा हुने भएकाले

    ग . वायुमण्डलमा रहेको विषक्तलाई शुद्धीकरण गरी वायुमणडपको शोषध भई स्वास्थ्य लाभ हुने भएकोले

    घ .पितृउद्धार,ग्रहदोष शमन,श्राप निवारण,रोगनाश, भूपप्रेत निवारण,दरिद्रय आदी दुर्भाग्यको नाश र भगवद्भक्ति प्राप्त गराउने भएकोले । साथै यस यज्ञवाट नेपाल र नेपालीका लागि निम्न अनुसारको थप लाभ प्रप्ता हुने भएकोले ।

    ङ . हरित नेपालको निमार्ण गरी नेपाललाई स्वस्थ र स्वच्छ बनाउन तथा नेपालीलाई स्वावलम्बी,स्वाभिमानी एवं स्वरोजगारयुक्त बनाउन मद्दत पुग्ने भएकोले

    Comment

    Related News 

    © 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

    %d bloggers like this: