चन्द्रागिरी र दामनमा हिउँ पर्‍यो



काठमाडौं । सोमबार बिहानदेखि राजधानीलगायत देशका विभिन्न भागमा हिउँदे वर्षा भएको छ । पश्चिमी वायूको प्रभावका कारण देशभरि वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

वर्षा र हिमपातसँगै जनजीवन प्रभावित बनेको छ। पश्चिमको डडेलधुरा र दिपायल हुँदै आइतबार प्रवेश भएको पश्चिम वायुका कारण पश्चिम क्षेत्रका उच्च हिमाली भागमा आइतबार दिउसोदेखि नै भारी हिमपात भएको थियो। पश्चिमको अपी, सैपाल, बझांग, खप्तड, रारा, जुम्ला, शेफोक्सुन्डो, मुस्तांग, मनांग, गोरखालगायतका क्षेत्रमा बाक्लो हिमपात भएको छ।

सोमबार दिनभरी नै काठमाडौंसहित देशका धेरैजसो भागमा वर्षा हुने मौसमविद कँडेलले बताइन्। मंगलवारदेखि भने पश्चिमी क्षेत्रको मौसममा केही सुधार आउने महाशाखाले अनुमान गरेको छ।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: