माघ २ गतेदेखि लेक साईड विद्यालयमा दिवा खाजा व्यवस्था हुदै


डिल बहादुर लामा-बेलकोटगढी।शनिबार नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ४मा रहेको श्री लेक साईड शैक्षिक विद्याश्रम विद्यालयमा दिवा खाजा भेला सम्पन्न भएको हो।नगरपालिकाबाट विद्यार्थीहरुका लागि दिवा खाजा व्यवस्थापन गर्न बजेट विनियोजन गरिएको हो।प्रती विद्यार्थी रु.१५ का दरले खाजा रकम छुट्टाउनु भएको समाजसेवी तथा शिक्षक हरि कृष्ण पौडेलले बताए।भेलामा नगरपालिकाबाट विद्यालयमा आउने आफ्न बच्चा अब भोकै भोकै पढ्न नपर्ने र नगर सरकारले नै दिवा खाजा वयवस्था गरिदिएकोमा अभिभावकहरुले खुशी ब्याक्त गरिएका थिए।प्रत्येक दिन फ्रक फरक किसिमका खाजा विद्यार्थीहरुलाई खुवाउन खाजा कार्यक्रम व्यवस्था गरिएका छन्।पहिलो दिन चिउरा तरकारी,दोस्रो दिन खिर,तेस्रो दिन हलुवा,चौथो दिन चाउचाउ,पाचौ दिन चिया बिस्कुट र छैटौं दिन अण्डा तरकारीको खाजा तालिका व्यवस्था गरिने भेलामा निर्णय गरिएका थिए।

खाजा समितीको गठनका साथै अनुगमन समिती समेत बनाएको थियो।प्रतिदिन एक घरबाट एक जना अभिभावक आएर खाजा व्यवस्थापन वितरण सम्बन्धि दैनिक निरीक्षण गर्ने गरि अनुगमन समितीको निर्माण समेत गरिएका थिए।खाजा व्यवस्थापनले विद्यार्थीको नियमित कक्षामा उपस्थिति रहने र अध्ययनमा पहिलाका भन्दा अझ गुणस्तर रुपमा बढ्ने समेत शिक्षिका सरोजा पौडेलले बताए।खाजा व्यवस्था माघ २ गतेदेखि लागू हुने जानकारी गराउदै आफ्न आफ्न बालबालिकालाई नियमित विद्यालय पठाउन र निरीक्षण गर्न समेत पौडेलले भेलामा नै अभिभावकसामु अनुरोध गरेका थिए।

Comment

Related News 

ताजा अपडेट

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: