ग्यास प्रयोग सम्बन्धमा उपभोक्ता सचेतनामूलक कार्यक्रम सम्पन्न


ग्यास विक्रेता महासंघ नेपाल र तारकेश्वर महिला मूल समिति (वडा नम्बर ४) को आयोजनामा शनिवार तारकेश्वरको ब्रिलियन्ट मन्टेश्वरी स्कुलमा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

ग्यास प्रयोग सम्बन्धमा चेतना जगाउने उद्धेश्यले उक्त कार्यक्रम आयोजना गरिएको ग्यास विक्रेता महासंघ नेपालका महासचिव विनोद कफ्लेले सेतोघरलाई बताउनुभएको छ ।

जनचेतनामूलक कार्यक्रममा सभापतिको रुपमा तारकेश्वर वडा नम्बर ४ का अध्यक्ष नरेन्द्र श्रेष्ठ उपस्थित हुनुहुन्थ्यो भने ग्यास विक्रेता महासंघबाट अध्यक्ष महेश्वरलाल श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष चन्द्र थापा, महासचिव विनोद काफ्ले, ३ नम्बर प्रदेश संयोजक अर्जुन खत्री लगायतको समेत उक्त कार्यक्रममा उपस्थिति रहेको थियो ।


उक्त कार्यक्रममा प्रविन श्रेष्ठ र गेहेन्द्र रिजालले प्रशिक्षकको भूमीकामा ग्यासको सही तवरले प्रयोग गर्ने तरिका, सम्भावित दुर्घटनाको बारेमा जानकारी, ग्यासमा प्रयोग हुने उपकरणहरु, दुर्घटनाबाट बच्नको लागि अपनाउनुपर्ने सुरक्षाका उपायहरु लगायतमा केन्द्रित रही आफ्नो प्रस्तुति राख्नुभएको थियो ।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: