सर्वोच्चका न्यायाधीश जोशी विदा बसे



काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशी शुक्रबारदेखि विदामा बसेका छन् । उनी सर्वोच्च अदालत प्रशासनलाई जानकारी दिएर विदा बसेको सर्वोच्च अदालत स्रोतले बताएको छ । उनी विहीबार भने हाजिर गर्न सर्वोच्च अदालत गएका थिए ।

तर, उनको कार्यकक्ष नै हेरफेर भएकोले उनी फर्किएको बुझिएको छ । जोशीको पारिवारिक स्रोतले बताए अनुसार उनी आगामी सोमबारसम्म विदामै बस्ने मनस्थितीमा छन् । त्यसपछि के गर्ने भन्ने बारेमा निर्णय गर्ने बताइएको छ । जोशीलाई विहीबार सर्वोच्च अदालतको बरिष्ठतम न्यायधीश र न्यायपरिषद्को सदस्यबाट समेत हटाइएको जनाइएको थियो ।

नयाँ प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले गएको बुधबारदेखि नै उनलाई मुद्दाको पेशी तोक्न छोडेका थिए । उनी यसअघि प्रधानन्यायाधीशमा संसदको सुनुवाई समितिबाट अस्वीकृत भएका थिए भने पछिल्लो पटक पनि राणासँगै प्रधानन्यायाधीशका लागि न्यायपरिषद्बाट सिफारिसमा परेकोमा संवैधानिक परिषद्ले भने राणा नाम सिफारिस गरेको थियो ।

Comment

Related News 

ताजा अपडेट

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: