आज सन् २०१९ को नयाँ वर्ष



काठमाडौँ । ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी सन् को नयाँ वर्ष सन् २०१९ शुरु हुँदैछ ।

येशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले शुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिएको हो । नयाँ वर्ष सन् २०१९ का अवसरमा यो पात्रो अनुसारको चाड पर्व मान्नेले आज एकापसमा शुभकामना आदान प्रदान गरी मनाउँछन् ।

ग्रेगोरियन पात्रोका आधारमा चलाइएको इस्वी सन् सौरमासका आधारमा मात्र निर्माण गरिएको पात्रो भएकाले वैज्ञानिक नभएको विभिन्न संवत्को अध्ययन अनुसन्धानमा लाग्नुभएका डा शास्त्रदत्त पन्तले राससलाई जानकारी दिनुभयो ।

सौरमास र चान्द्रमासको समन्वयबाट वैदिक कालदेखि नै शुरु भएको विसं जति वैज्ञानिक नभएपनि हाल इस्वी सन्को प्रभाव विश्वव्यापी छ । ३६५ दिन छ घण्टा ४९ मिनेट छ सेकेण्डको एक वर्ष हुन्छ ।

तर दिनभन्दा सानो घण्टा मिनेट र सेकेण्डको एकाइले गणनामा असर पर्ने भएकाले उल्लेख गरिँदैन । त्यसको व्यवस्थापनका लागि विसंका आधारमा गणना हुने पात्रोमा तीन वर्षमा अधिकामासको व्यवस्था गरिएको छ ।

इस्वी सन् अनुसारको पात्रोमा ‘लिपियर’ का रुपमा त्यसलाई व्यवस्थापन गर्न खोजेपनि पश्चिमा देशमै मतैक्यता हुन नसकेको डा पन्तले बताउनुभयो । नयाँ वर्ष २०१९ का अवसरमा विदेशीको बढी उपस्थिति हुने काठमाडौँको ठमेल, बौद्ध तथा उपत्यका बाहिरका पोखरा, सौराहालगायत स्थानमा आज विशेष रुपमा यो पर्व मनाइन्छ । -रासस

Comment

Related News 

ताजा अपडेट

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: