आदर्श युगको गजल” न्याय माग्दा गोलि दिने”


~~~गजल~~~
न वार न पारको जिन्दगी पाएको छु ।
न बार न घारको जिन्दगी पाएको छु ।
सोच्दा सोच्दै सकिसकेछ समय मेरो
पावरबिना तारको जिन्दगी पाएको छु ।
भेट्न खोच्छन सफलताका पाइलाहरु
तर अनर्थ सारको जिन्दगी पाएको छु ।

परिश्रम गरेकै छु जिउनका लागि यहाँ
तर खाली जारको जिन्दगी पाएको छु ।
न वार न पारको जिन्दगी पाएको छु ।
न घाट न घारको जिन्दगी पाएको छु ।

२.
न्याय माग्दा गोलि दिने कस्तो सरकार तिमी।
दोषी नचिनी पोलि दिने सस्तो सरकार तिमी ।
दिनडाहा अन्याय,अत्याचार बढिरहदा देशमा
हाडि गाउँको त्यो अन्धो जस्तो सरकार तिमी ।

नसकियौ न्याय दिन,नसकियौ शान्ति दिन यहाँ ।
चाइदैन अब सुरक्षा नदिने यस्तो सरकार तिमी ।
तिम्रा शासन अनि तिम्रा ठुला-ठुला भाषाणले,
चल्दैन,राजगतिबाट उधो खस्तो सरकार तिमी ।
न्याय माग्दा गोलि दिने कस्तो सरकार तिमी ।
दोषी नचिनी पोलि दिने कस्तो सरकार तिमी ।

आदर्श युग
नुवाकोट,नेपाल

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: