खोटाङकी जयन्ता ज्वालाको मुक्तक “दोष मलाई लगाएर”।


जयन्ता ज्वाला।खोटाङ,

——मुक्तक——-
१.
कसैको कुरा नपत्याए हुन्छ फुर्ती हुनसक्छ।
भगवान झै उभिएको अाकृति मुर्ती हुनसक्छ।
असल खराब दुबै छुट्याउन सक्नुपर्छ हेर यहाँ,
नत्र मुखमा लगाउदा कोक्याउने सुर्ती हुनसक्छ।

२.
सत्तामा बसेर नेता ज्यु भत्ता खान पल्किएकाहरु।
राज्यको खर्चबाट सधै बिदेश जान पल्किएकाहरु।
खबरदार अब तिम्रो निम्ति हेर नयाँ कानुन बन्नेछ,
अाफु मात्रै होइन श्रीमतीलाई लान पल्किएकाहरु।

३.
हिजो अस्ति तिमीसँग बोले जस्तो लाग्छ।
मनभित्रको सबै कुरा खोले जस्तो लाग्छ।
अाखिर टाढी गयौ दोष मलाई लगाएर,
तिम्रो मेरो मनको कुरा घोले जस्तो लाग्छ।

जयन्ता ज्वाला
—–खोटाङ—–

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: