जुत्ता चप्पलको महाकुम्भ सेल मेला शुरू


पुतलीसडकको पद्दमोदय मोड (सिंहदरबारबाट फन पार्क आउँदा बायाँ पट्टि, ट्राफिक बिटको अगाडि) जाडो मौसमलाई लक्षित गरी महाकुम्भ सेल मेला शुरु भएको छ ।
नेपाल जुत्ता चप्पल उद्योगी व्यवसायी संघको आयोजनामा सञ्चालन गरिएको उक्त मेला ‘यो भन्दा राम्रो कतै छैन, यो भन्दा सस्तो कतै छैन’ भन्ने नाराको सुलभ दरमा जुत्ताहरू उपलब्ध गराएकाे छ । मेला पुस ३ गते देखि शुरु भएको हो ।

आउँदै गरेको मेरी क्रिसमस तथा अङ्ग्रेजी नयाँ बर्षको अलावा चिसो मौसनलाई लक्षित गरी फेसनबेल र ड्युरेबल जुत्ताहरु मेलामा उपलब्ध गराइएको आयोजकको दाबी छ ।

पछिल्लो समय नेपाली जुत्ताका पारखीहरु बढ्दै गइरहेको अवस्थामा सुलभ दरमा संघमा आवद्ध सबै कम्पनीहरुलाई समेटेर अाफ्नाे स्थायी प्रदर्शनी स्थलबाट अति विशेष छुटमा जुत्ताहरु उपलब्ध गराइएको समेत आयोजकले बताएको छ । उक्त मेलामा सबै वर्गको लागि आवश्यक पर्ने जुत्ताहरु उपलब्ध छन् ।
अति सुलभ दरमा सबैको पहुँचमा नेपाली जुत्ता उपलब्ध गराउने संघको योजना रहेको र सोही बमोजिम मेलामा विवाह-पार्टी लगायतको निम्ति समेत उपयुक्त साइनिङ पार्टी शुज, क्ववाटर शुज, अफिस शुज, क्याजुअल शुज, क्वाटर बुट, हाफ बुट, फुल बुट, अफिसर बुट, लोफर शुज, स्कुल तथा कलेज शुज, स्पोर्टस् शुज लगायत सबै भेराइटीका जुत्ताहरु मेलामा उपलब्ध रहेको समेत आयोजकले जनाएको छ ।

यो मेला संघ द्वारा नै आयोजना गरिएकोले मेला अवधिभर सर्वसाधारण उपभोक्ताहरुलाई लागतमा नै जुत्ता उपलब्ध होस् भन्नेमा संघ विशेष सचेत रहेको समेत जुत्ता चप्पल उद्योगी व्यवसायी संघका अध्यक्ष नरेश कटुवालले बताउनुभएको छ । साथै ऊहाँले नेपाली जुत्ता नै प्रयोग गर्न र स्वदेशी उत्पादनमा गर्व गर्दै स्वदेशी अर्थतन्त्रलाई माथि उकास्ने कार्यमा योगदान पुर्याउन समेत उपभोक्ताहरुलाई आह्वान गर्नुभएको छ ।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: