नुवाकोटबाट सुरु भयो “ सबैको कांग्रेस,सँधैको कांग्रेस अभियान ” फ़ोटो फिचर


नेपाली कांग्रेस नुवाकोटका युवा नेताहरुले सबैको कांग्रेस,सँधैको कांग्रेस अभियान सुरु गरेका छन् । अभियानको नेपाली काँग्रेसका पूर्वमहामन्त्री कुलबहादुर गुरुङले शुभारम्भ गरेका हुन् । कार्यक्रममा नेता गुरुङले काँग्रेसलाई पुनर्ताजगी दिनका लागि अभियानले महत्वपूर्ण भूमिका खेल्ने बताए गुरुङका  अनुसार उक्त कार्यक्रमले   “काँग्रेसलाई देशव्यापी रुपमा बलियो बनाउनका लागि अभियानले सहयोग पुग्नेछ,” 

सबैको कांग्रेस,कांग्रेस सँधैको ’कांग्रेस अभियान नुवाकोटका संयोजक दिपक भण्डारीको सभापतित्वमा भएको कार्यक्रममा कांग्रेसका पुराना नेता खेमराज सेढाँईलेनुवाकोटका युवाहरुले कांग्रेस बलियो बनाउन गरेको अभियानप्रति आफ्नो पुर्ण समर्थन रहेकोभन्दै अभियानको सफलताको कामना गर्नुभएको थियो ।

अभियन्ता अञ्जना अर्याल, जयराम दाहाल लगायतले नयाँ काँग्रेस निर्माणका लागि अभियानले सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनिहरुका  अनुसार  नेपाली कांग्रेसभित्र बढेको गुटबन्धी र आन्तरिक किचलोका कारण कांग्रेसकमजोर अवस्थामा पुगेको भन्दै कांग्रेसलाई पुरानै अवस्थाका फर्काउनका लागि नेपाली कांग्रेस नुवाकोटका युवा नेताहरुले सबैको कांग्रेस,सँधैको कांग्रेस अभियान सुरु गरेको  बताएका  छन् ।

अभियानको शुभारम्भ काठमाडौंबाट गरेपनि अब यसलाई नुवाकोट केन्द्रीत बनाउने अभियानका अभियान्ताहरुले बताएका छन् । अधिकांश नुवाकोटका नेता कार्यकर्ताहरु सहभागि भएपनि नुवाकोटबाट कांग्रेस राजनीतिमा शीर्ष स्थान बनाउन सफल कांग्रेसका नोतहरु अर्जुननरसिंह केसी र डा रामशरण, डा प्रकाशशहरण महत, बहादुर सिंह लामा, पाटी सभपाति जगदीश्वरनरसिह केसी, धुव्र अधिकरी लगायतका नेताहरलाई नबोलाइएको आयोजकहरुले बताएका छन् ।

 

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: