रूपन्देहीमा ५ वर्षीया बालिकाको सामूहिक बलात्कार


महिला हिंसाबिरुद्धको १६ दिने अभियान चलिरहेका बेला रूपन्देहीमा ५ वर्षीया बालिका सामूहिक रुपमा बलात्कृत भएकी छन् । देवदह नगरपालिकास्थित खैरेनी बजारकी दलित बालिकामाथि शुक्रबार राति सामूहिक बलात्कार भएको हो ।

बालिकाकी आमा सुत्केरी बस्न माइत गएको र घरमा बुवा पनि नभएका बेला घरनजिकैको टहरोमा बालिकाको बलात्कार भएको इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत प्रहरी निरीक्षक ऋषिराम घर्ती मगरले जानकारी दिए । बलात्कृत बालिकाको अहिले बुटवलको लुम्बिनी अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

बालिका बलात्कार आरोपमा प्रहरीले ६ जना स्थानीय युवालाई पक्रेको छ । नियन्त्रणमा लिइएका ६ मध्ये देवदह नगरपालिका– ६ का २२ वर्षीय लक्ष्मण विक र देवदह–७ का १८ वर्षीय जीवन खत्रीले बलात्कार गरेको स्वीकारेका छन् ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: