टेम्पल पार्कमा बृहत्त माघे संक्रान्ती मेला हुने

टेम्पल पार्कमा बृहत्त माघे संक्रान्ती मेला हुने


  • सेतो घर
  • शनिबार, मंसिर २२, २०७५
  • 1097
    SHARES

सिड्नी । नेपालमा माघ १ गते मनाईने/पर्ने मकर संक्रान्तिको अवसरमा मगर समाज अस्ट्रेलियाको आयोजनामा यही जनवरी १२ तारिक (पुस २८) शनिबारको दिन सिड्नी स्थित टेम्पल पार्कमा बृहत्त माघे संक्रान्ती मेला हुनेभएको छ ।

मगर समाज अस्ट्रेलियाका अध्यक्ष अनिल थापा मगरका अनुसार नेपाल आईडलका गोल्डेन माईक वीनर निलीमा थापामगर र बुगीबुगी रनरअफ प्रगती पुन मगरको आर्कषक प्रस्तुतिका बिच चल्ने कार्यक्रममा लिगलिग दौड, कल्चर डान्स, फुडस्टल सहितको बृहत्त संस्कृतिक कार्यक्रमको आयोजना गर्न लागिएको हो ।

निशुल्क प्रबेश रहेको यस कार्यक्रमले प्रबासमा नेपाल र नेपाली संस्कार र संस्कृतिको झल्को दिने एतिहासिक कार्यक्रम बनाउन हामी लागिपरेका छौ, जन्मभुमि छाडेर कर्मभुमिमा रहेर पनि नेपाल चाडपर्ब, मेला र संस्कृतिलाई भुल्न सकिदैन रहेछ, हाम्रो यस कार्यक्रक्रममा उपस्थित भई कार्यक्रमको सोभा बढाई दिनुहुन सिड्नी निवासी सम्पुर्ण दाजुभाई तथा दिदीबहिनीहरुलाई सादर आमन्त्रण गर्दछौं भन्दै मगर समाज अस्ट्रेलियाका ईभेन्ट कोडिनेटर दिपेश पुनले आज पोस्टर रिलिज कार्यक्रममा सबैमा अपिल गर्नुभएको छ । त्यस्तै महासचिव सुदर्शन थापा मगरका अनुसार स्थानीय कलाकार, संघ संस्था र कम्पनिहरु संगको सहकार्य र हातेमालोले कार्यक्रम भब्य-सब्य र ब्यबस्थित हुने जनाएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2024 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : SobizTrend Technology