नुवाकोटको पन्चासे मा.विमा वडा स्तरीय अतिरिक्त क्रियाकलाप


नुवाकोट । अन्तरास्ट्रिय नागरिक उड्डयन दिवसको अवसर पारेर नुवाकोटको बेलकोटगढी -४ डाडाखर्कमा रहेको श्री पन्चासे माध्यमिक विद्यालयमा आज वडा स्तरीय अतिरिक्त क्रियाकलाप कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रम सोही विद्यालय र लियो अफ क्लब परोपकार नुवाकोटले संयुक्त रूपमा आयोजना गरेका थिए।कार्यक्रममा वडा भित्र रहेका विद्यालयहरु श्री विकास आधारभूत विद्यालय,श्री तिल्कश्वर आधरभूत विद्यालय,श्री लेकसाईड शैक्षिक विद्याश्रम,श्री पञ्चासे माध्यमिक विद्यालय र श्री वनदेवी आधारभूत विद्यालय गरि पाँच विद्यालयका विद्यार्थी सहभागी भएका थिए।कक्षा १,२ र ३ लाई म्युजिकल चियर र कक्षा ४ र ५ लाई सास्कृतिक कार्यक्रम गरि दुई भागमा बिभाजन गरिएका थिए।कार्यक्रम वडा अध्यक्ष चन्द्र बहादुर लामाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।अध्यक्ष लामाले शिक्षा स्वास्थ्यलाई विशेष प्राथमिकता दिनु पर्ने समेत बताए।म्युजिकल चियार तर्फ प्रथम श्री लेक साईड शैक्षिक विद्याश्रमको छात्र निरन्जन साप्कोटा,द्वितीय श्री तिल्केश्वर आधारभूत विद्यालयको छात्रा भवानी साप्कोटा र तृतीय सोही विद्यालयको सजित तामाङ भएका थिए।सास्कृतिक कार्यक्रम तर्फ प्रथम श्री विकास आधारभूत विद्यालयको समूह,द्वितीय श्री पञ्चासे माध्यमिक विद्यालयको समूह र तृतीय श्री तिल्केश्वर आधारभूत विद्यालयको समूह र सान्त्वना श्री वनदेवी आधारभूत विद्यालयको समूह भएका थिए।

प्रमुख अतिथी,विशेष अतिथी र अतिथीद्वारा प्रथम ,द्वितीय र तृतीय हुने विद्यार्थीहरुलाई मेडल, प्रमाणपत्र र स्टेश्नरी सामाग्री वितरण गरिएका थिए।सहभागी विद्यार्थी सबैजनालाई प्रमाणपत्र वितरण समेत गरिएका थिए।कार्यक्रममा सहभागी विद्यालयका विद्यार्थी,अभिभावक, शिक्षक र स्थानीय बुद्धिजीवी लगायतको उल्लेखनीय उपस्थिति रहेका थिए।कार्यक्रममा राष्ट्रिय सङ्गीत कर्मी संघ नुवाकोटको सह सचिव करण तामाङले सामाजिक सन्जाल फेसबूक र अहिले भैरहेको समाजका नकारात्मक गतिविधि सम्बन्धि विभिन्न हाँस्य खुरक प्रस्तुत गरेर उपस्थित सबैजनामा रमाइलो वातावरण कायम गरेका थिए।आगामी दिनहरुमा अझै विद्यालयसङ्ग सहकार्य गर्दै विद्यार्थी भाइबहिनीमा नयाँपन दिलाउने कार्यक्रम लिएर आउने कार्यक्रम आयोजक लियो क्लब अफ परोपकार नुवाकोटका सह सचिव भिम्सेन दाहलले बताए।दाहालको मन्तव्य लगत्तै कार्यक्रम सम्बन्धी सकारात्मक पक्षलाई मुल्यांकन गर्दै लियो क्लब अफ परोपकार नुवाकोटले सहकार्य गरिदिएकोमा खुशी ब्याक्त गर्दै आयोजक विद्यालयका प्रधानाध्यापक श्याम बहादुर शाहले कार्यक्रमको विसर्जन गरिएका थिए।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: