२० महिनामा २० लाख दर्शनार्थी शाश्वतधाम पुगे



काठमाडौं । शाश्वतधाम अवलोकन गर्नेको संख्या २० लाख पुगेको छ । स्थापना काल यता २० महिनामा सो संख्याको भक्तजनले दर्शन शाश्वतधाम अवलोकन गरेका हुन् ।

भक्तजन एवं धार्मिक पर्यटक पुग्ने शाश्वतधामलाई सरकारले वेस्ट टुरिस्ट डेस्टिनेसनका रूपमा अवार्ड दिइसकेको छ । नेपालमा पछिल्लो समयमा शाश्वतधाम सर्वाधिक लोकप्रिय गन्तव्य बनेको छ । शाश्वतधाममा स्वदेशी एवं विदेशी पर्यटकको ओइरो नै लागेको छ ।

मंसिर २१ गते विहान ११ बजे हेटौडाकी ७६ वर्षिया लोक लक्ष्मी आचार्य २०औं लाख दर्शनार्थीका रुपमा शाश्वतधाम प्रवेश गरेकी थिइन् । उनलाई शाश्वतधामले विशेष दर्शन एवं परिक्रमा तथा सम्मान गराएको हो ।

पूर्व–पश्चिम राजमार्ग स्थित सिजि आइपी सँगै रहेको यस धामको निर्माण ख्याती प्राप्त उद्योग पतिएवं नेपालकै एकमात्र डलर अर्बपति विनोद चौधरीले झण्डै डेढ दशक लगाएर गरेका हुन् । नेपालीकला, संस्कृतीएवं सनातनधर्मको प्रवर्धन गर्न शाश्वत धाम निर्माण गरिएको हो ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: