भारत पहिलो पारीमा कमजोर, २५० रनमा अलआउट



एजेन्सी । अस्ट्रेलियासँगको पहिलो टेस्ट खेलको पहिलो पारीमा भारतले सबैविकेट गुमाउँदै २५० रन जोडेको छ।

बिहीबार एडिलेडमा टस जितेर पहिला ब्याटिङ गरेको भारतले पहिलो दिनको खेल सकिँदा ८७.५ ओभरमा ९ विकेटको क्षतिमा २ सय ५० रन जोडेको थियो। दोस्रो दिनको पारी सुरू गरेको भारतले २ खेल्दै दसौ विकेट पनि गुमाएको थियो।

खराब सुरुवात गरेको भारतलाई मध्यम स्कोरसम्म पुर्‍याउन चेतेश्वर पुजाराले उत्कृष्ट शतकीय इनिङ्स खेले।

पहिलो दिनको अन्तिम बलमा रन आउट हुनुअघि पुजाराले २ सय ४६ बलमा ७ चौका र २ छक्का प्रहार गर्दै १ सय २३ रन बनाएका थिए।

भारतका लागि रोहित शर्माले ३७, ऋषभ पन्त र रविचन्द्र आश्विनले समान २५-२५ रन बनाउँदा अजिन्का रहाणेले १३ तथा मुरली विजयले ११ रन बनाउनु बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो रन बनाउन सकेनन्।

कप्तान विराट कोहली ३ रनमा पेभिलिएन फर्किएका थिए। भारत कुनै समय १०.३ ओभरमा १९/३ को कमजोर अवस्थामा पुगेको थियो।

कुनै सयम भारतले ४९.१ ओभरमा १२७/६ को अवस्थामा पुगिसकेको थियो। तर त्यसपछि पूजाराले सबैब्याट्मेनसँग छोटो छोटो साझेदारी गर्दै टिमलाई मध्यमक स्कोरतर्फ डोहोर्‍याए।

पूजाराले पहिले रोहित शर्मासँग ४५, ऋषभ पन्तसँग ४१, आश्विनसँग ६२, इसान्त शर्मासँग २१ तथा मोहम्मद सामीसँग ४० रनको साझेदारी गर्दै भारतको संकट टारेका थिए।

अस्ट्रेलियाका लागि हजलेवुडले तीन विकेट लिँदा मिचेल स्टार्क, कमिन्स र नाथन लियोनले समान दुई-दुई विकेट हात पारे।

दोस्रो दिन आफ्नो पहिलो पारी सुरु गरेको अष्ट्रेलियाले यो समाचार तयार पार्दासम्म २५ ओभरमा ४७ रन बनाउँदै २ विकेट गुमाएको छ।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: