निर्मलाका लागि न्याय माग्दै राष्ट्रपति कार्यालय पुगेका पक्राउ



काठमाडौं । बलात्कारपछि हत्या गरिएकी १३ वर्षिय बालिका निर्मला पन्तको न्यायका लागि भन्दै राष्ट्रपति कार्यालय अगाडी प्रदर्शन गर्ने युवाहरु पक्राउ परेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको निवास शीतल निवासअगाडि बिहीवार बिहान प्रदर्शन गर्नेलाई प्रहरीले पक्राउ गरेको हो ।

शितल निवास अगाडिको सडकमा प्लेकार्ड सहित केही युवाले प्रदर्शन गरेका थिए । निधारमा ‘म निर्मला’ लेखेका थिए भने प्लेकार्ड पनि बोकेका थिए ।

गएको साउन १० गते साथी रोशनी बमको घर जाँदा बेपत्ता भएकी निर्मलाको साउन ११ गते बलात्कारपछि हत्या गरेको अवस्थामा शब फेला परेको थियो ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: