विश्व एड्स दिवशको अवसरमा श्री बाघखोर युवा क्लबद्वारा सरसफाइ कार्यक्रम सम्पन्न


दिल बहादुर लामा मंसिर १६ नुवाकोट विश्व एड्स दिवशको अवसर पारेर हिजो शनिबार नुवाकोटको बेलकोगढी नगरपालिका -९ बाघखोरमा रहेको श्री बाघखोर युवा क्लबले सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ।आफ्नो गाउँ आफै बनाउ भन्ने नाराका साथ क्लबमा आवद्ध रहेका युवाहरु हातमा हात र साथमा साथ गरेर एकता भै कार्यक्रम गरेको क्लबका बरिस्ठ उपाध्यक्ष प्रबाश मोक्तानले बताए।कार्यक्रममा स्थानीय बुद्धिजीवी,समाजसेवी र नगरबासीको उल्लेखनीय उपस्थिति रहेका थिए।उक्त सरसफाइ कार्यक्रम बाघखोरबाट बेलकोट सुन्दरबजारसम्म पुगेर सम्पन्न गरेका थिए।क्लबको अध्यक्ष चतुरमान तामाङ र समाजसेवी सुर्य बहादुर तामाङको समेत उपस्थित रहेको कार्यक्रम झनै उल्लासमय भएको मोक्तानले बताए।

युवाहरूको कार्यक्रमबाट स्थानीय सरकारले युवाहरूलाई खाडीको मुलुकमा रोजगार गर्न नपठाएर नेपालमा नै रोजगार व्यवस्था गरि दिए विदेशमा बगाउने पसिना आफ्नै देशमा बगाउने थिए।अवसरको अभावक कारण दैनिक सयौ युवा रोजगारको शिलसिलामा नेपालको त्रिभुवन विमानस्थाल र अन्य अबैध रूपमा लुकिछिपी परदेश पुग्ने गरेका छन्।त्यहिबाट कतिले दु:खदको अवस्था बेहोर्नु परेका छन्।त्यसो भन्दा त नेपालमा नै रोजगार हो भने देशले विकासका गति लिनुका साथै मुहार फेर्ने कुराको अब पाठ सिक्नुपर्ने देखिन्छ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: