तातो हावा र आँधीले २०२० टोकियो ओलम्पिकमा प्रभाव पार्ने सम्भावना



टोकियो । तातो हावा र आँधीले सन् २०२० मा जापानको टोकियो शहरमा आयोजना हुने भनिएको २०२० ओलम्पिकमा असर पर्न सक्ने जापानी अधिकारीहरुले बताएका छन्। यसप्रकारका प्राकृतिक प्रकोपको व्यवस्थापान गर्ज थप बजेटको आवश्यक्त पर्ने उनीहरुले बताएका छन्।

विश्वभरका ओलम्पिक कमिटीका अध्यक्षसँगको भेटमा टोकियोका कार्यकारी प्रमुख टोसिरो मुटोले ‘अप्रत्याशित तातो हावा र आँधीले गत ग्रीष्मयाममा संकट आएको र टोकियो २०२० का लागि त्यो चुनौती रहेको’ बताएका थिए।

त्यसबाट ओलम्पिकमा सहभागी हुने खेलाडी र दर्शकहरुलार्इ प्रभावित हुन नदिन आयोजक र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले प्रयास गरिरहेको उनले बताए।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमस बाचले चिकित्सकको टोलीले खेलका क्रममा हुनसक्ने सम्भावित दुर्घटना न्यूनिकरणका लागि अध्ययन गरिरहेको बताए।

तातो हावाको प्रभाव रोक्न आयोजकहरूले म्याराथनको समय बिहान ७ बजेका लागि सार्ने बताएका थिए। तर उनीहरुले ७ बजे भन्दा अघि नै म्याराथन आयोजना गर्ने सोचिरहेको बताइएको छ।

जापानका चिकित्सकहरुले ‘म्याराथन बिहानै संचालन गर्न नसके तातो हावाका कारण खेलाडीहरुको मृत्यु हुनसक्ने’ तर्फ सचेत गराएका छन्।

खेलाडीहरुलार्इ मौसमको तापक्रमका बारेमा नियमित जानकारी दिन राष्ट्रिय ओलम्पिक कमिटीमा डाटा पठाइने मुटोले बताए। आयोजकहरुले सडकमा ‘सोलार ब्लकिङ पेन्टस्’ लगाएर तातो हावा रोक्न प्रयास गर्ने बताइएको छ।

ओलम्पिक खेल आयोजन हुने स्थानहरुमा धमाधम निर्माण कार्य भइरहेको र चाँडै सबै काम सकिने आयोजक कमिटीले जनाएको छ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: