धर्मान्तरको लागि गरिएको विजोर अवज्ञा गरौं : गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवं पूर्वस्वास्थ्यमन्त्री गगन थापाले जोर विजोरको अवज्ञा गर्न आहृवान गरेका छन् । धर्मान्तरका लागि स्थापना भएको विवादित संस्थाको कार्यक्रमका लागि जनतालाइ सास्ती दिनु खेदजनक भएको उनले बताए ।

जोर विजोरको अवज्ञा गर्न ‘युथ कांग्रेस नेपाल’ नामक संस्थाले गरेको आहृवान पोष्ट गर्दै थापाले फेसबुकमा लेखेका छन्, ”सही कामको लागि सरकारले आव्हान गर्दा जोर-विजोर मात्रै होइन गाडी नै नचलाउन र भोकै बस्न हामी तयार हुनुपर्छ । तर, धर्मान्तरको लागि स्थापना भएको विवादित संस्थाको कार्यक्रमका लागि जनतालाई सास्ती दिने सरकारको निर्णय खेदजनक छ । सरकारको गलत कामको अवज्ञा गर्नु नागरिकको कर्तव्य हो, अवज्ञा गरौं ।’

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: