जापानले सुरू गर्‍यो कोटेश्वरको जाम हटाउन सुरूङको अध्ययन



काठमाडौं । राजधानीको कोटेश्वर क्षेत्रमा जाम कम गर्न सुरूङ मार्ग बनाइने छ । कोटेश्वर बाट भक्तपुर जाने बाटोमा सुरूङ मार्ग बनाउन जापानले अध्ययन गर्दैछ।

सडक विभागको विकास सहायता समन्वय महाशाखाका प्रमुख सञ्जयकुमार श्रेष्ठले एक महिनापछि सुरूङको अध्ययन गर्ने जानकारी दिए।

‘जापानी टिमले अध्ययन गर्दैछ, अध्ययनपछि कहाँदेखि कहाँसम्म बनाउने टुंगो लाग्छ,’ श्रेष्ठले भने, ‘कोटेश्वरको जाम हटाउन अस्थायी संरचना पनि बनाउन लागेका छौं।’

सुरूङ मार्ग जडिबुटीबाट तिनकुने, बालकुमारी निकाल्ने गरी बनाउने सम्भावना छ। तर ठाउँको टुंगो लागि सकेको छैन।

उनका अनुसार मनोहरा खोलामा अस्थायी पुल बनाइनेछ भने मोटरसाइकलका लागि नयाँ सर्भिस ट्र्याक पनि खोलिनेछ।

‘एक/डेढ महिनाभित्र ती संरचना बनाइसक्छौं,’ श्रेष्ठले भने।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: