‘वाइडबडी’बारे सात दिनभित्र राय पेस गर्न खरिद अनुगमन कार्यालयलाई निर्देशन



काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत्को सार्वजनिक लेखा समितिले नेपाल वायुसेवा निगमको ‘वाइडबडी’ विमान खरिदमा भएको भनिएको अनियमितताको सम्बन्धमा सार्वजनिक खरिद अनुगमन कार्यालयसँग राय मागेको छ ।

बुधबार सिंहदरबारमा बसेको समितिको बैठकले सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मधुप्रसाद रेग्मी, निर्देशक रामचन्द्र शर्मालगायतलाई बोलाएर छलफल गरेपछि यस्तो निर्देशन दिएको हो ।

विमान खरिद प्रक्रिया सार्वजनिक खरिद ऐनअनुसार भए/नभएको अध्ययन गरी सात दिनभित्र राय दिन कार्यालयलाई निर्देशन दिइएको छ ।

बैठकमा सचिव रेग्मीले विमान खरिद र अनियमितता भएको भन्नेसम्बन्धी विषय औपचारिकरुपमा जानकारी नभएको बताएपछि अध्ययन गरी राय दिन कार्यालयलाई निर्देशन दिइएको हो ।

यसअघिको समिति बैठकले वाइडबडी विमान खरिद गर्दा ६ अर्ब ५९ करोड रुपैयाँ घोटाला भएको जिकिर गरेको थियो ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: