कुलदेव सहकारीको आठौं साधारणसभा सम्पन्न


‘एकको लागि सबै र सबैको लागि एक’ भन्ने मान्यताले स्थापित कुलदेव बचत तथा ऋण सहकारी संस्थाको आठौं बार्षिक साधारणसभा सम्पन्न भएको छ । रेसमलाल पंगेनीको प्रमुख आतिथ्यता र कुलदेव बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष केशव अधिकारीको सभापतित्वमा सम्पन्न भएको उक्त साधारणसभामा संस्थाकी कोषाध्यक्ष गंगा तिमिल्सिनाले स्वागत मञ्तव्य राख्नुभएको थियो ।

साधारणसभाको अवसर पारेर विगत लामो समय देखि निष्क्रिय रहेको सहकारीलाई व्यवस्थित तवरले सञ्चालन गरेको बारे उक्त कार्यक्रममा विस्तृतमा छलफल गरिएको छ । साथै सोही अवसरमा संस्थाको बार्षिक प्रगति विवरण, लेखा परीक्षण प्रतिवेदन, अध्यक्षको प्रतिवेदन, लेखा समितिको प्रतिवेदन लगायतका विवरणहरु समेत प्रस्तुत गरिएको छ ।
कार्यक्रममा संस्थाका अध्यक्ष केशव अधिकारीले सबैको सुविधालाई मध्यनजर गरी सहकारी सञ्चालनमा ल्याइएको बताउँदै पहिलो बर्षको अवस्था केही नोक्सानीमा देखिएपनि अवस्था सन्तोषजनक रहेको साथै आगामी दिनमा कारोबार रकम, आवधिक निक्षेप, शेयरहोल्डर, पुँजी लगायत वृद्धि गर्ने पक्षमा समेत सबैले जागरुकताको साथ काम गर्नुपर्ने आवश्यकता औंल्याउनुभएको छ ।


यसै गरी कार्यक्रममा विभिन्न क्षेत्रमा संलग्न शुभेच्छुकहरुले सहकारी संस्थाको सफलताको कामना गर्दै शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको अवसरमा सीताराम अधिकारी, रविन्द्र तामाङ, श्रीकृष्ण अधिकारी, सृजना थापा, मधु कार्की लगायतले मञ्तव्य राख्नुभएको थियो । कार्यक्रममा लेखा समिति संंयोजक केशव घिमिरेले सहकारी स्थापनाको छोटो अवधिमा नै १ हजार भन्दा बढी बचतकर्ताहरु पुगिसकेको र यो आफूहरुको निम्ति राम्रो अवसर समेत रहेको बताउँँदै सुरक्षित, तुलनात्मक रुपमा राम्रो लाभ प्राप्त हुने र मुनाफा समेत आफूहरुमा नै सीमित रहने लगायतको कारण सहकारीमा रकम बचत गरेर लाभ लिन बचतकर्ताहरुलाई आग्रह समेत गर्नुभएको थियो ।

लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्दै वासुदेव अधिकारीले सहकारीलाई गतिशिल बनाउन र भिन्न पहिचान स्थापना गर्न सहकारीको ज्ञान समेत आवश्यक हुने बताउँदै यसका मार्गदर्शक सिद्धान्त, यसको महत्व, भूमीका, दायित्व लगायतका विविध विषयवस्तुहरुबारे समेत कार्यक्रममा उपस्थित व्यक्तिहरुलाई सचेत गराउनुभएको थियो ।

कार्यक्रमको अवसर पारेर सहकारीमा सबैभन्दा बढी रकम सङ्कलन गर्ने राम बहादुर तामाङ र कर्जा लिई समयमा नै फिर्ता गर्ने सङ्कर थापा तथा संस्थालाई माथि उठाउन निरन्तर खट्ने कर्मचारीहरुलाई सम्मान समेत गरिएको थियो ।

संक्षिप्तमा सहकारीको अवस्था :
आर्थिक बर्षको अन्त्यमा यस सहकारीमा ४४ लाख ५६ हजार रकम शेयर पुँजी संकलन भएको छ भने बचत तर्फ निक्षेप संकलन १ करोड २६ लाख रहेको छ । १ करोड १६ लाख कर्जा प्रवाह गर्न यो संस्था सफल छ । यो बर्ष कारोवार शुरुवातको बर्ष भएको कारण सञ्चालन मुनाफा १ लाख ८८ हजार नोक्सानीमा देखिएको छ । जुन अब उप्रान्त मुनाफामा जानेमा सहकारीका प्रतिनिधिहरु विश्वस्त छन् ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: