चिनियाँ मन्त्रीसँग ओलीले भनेः नेपाल आर्थिक विकास र समृद्धिको बाटोमा



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल आर्थिक विकास र समृद्धिको बाटोमा लागेको बताएका छन् ।

चीनका पर्यटन तथा सँस्कृति मन्त्री लु सुगाङसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले नेपालले हिँड्न थालेको समृद्धिको बाटोमा मित्र राष्ट्रहरुबाट उदारतापूर्वक सहयोगको अपेक्षा गरिएको बताए ।

“समृद्धिको लक्ष्य हासिल गर्नका लागि मित्र राष्ट्रहरुबाट सहयोग अपेक्षा गरिएको छ त्यसमा पनि नजिकका छिमेकीहरुबाट थप सहयोगको अपेक्षा गरेका छौं” प्रधानमन्त्री ओलीलाई उदृत गर्दै उनका परराष्ट्र सल्लाहाकार डा.राजन भट्टराईले भने ।

प्रधानमन्त्री ओलीले नेपाल र चीन सदियौं देखिको सम्बन्ध रहेको स्मरण गरेका छन् ।

“हामी एउटै हिमालको वारी पारी बसेका,एउटै हिमालको मुलको पानी खाएका छिमेकी हौं” प्रधानमन्त्रीले भनेका छन्, “हामी भूगोल,संस्कृति,रहनसहन र जनस्तरबाट पनि नजिक छौं ।”

नियाँ मन्त्री सुगाङले नेपाल भ्रमण वर्ष २०२० मा अधिकतम संख्यामा नेपालमा पर्यटक भित्र्याउने चीनको तयारी भएको बताए ।

गतबर्षको तुलनामा यस बर्ष नेपाल भ्रमण गर्ने पर्यटक ४८ प्रतिशतले वृद्धि भएको मन्त्री सुगाङले छलफलमा जानकारी दिएका थिए ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: