क्याम्पस प्रमुख पक्राउ


जनज्योती बहुमुखी क्याम्पसका प्रमुख भोलानाथ शर्मा पक्राउ परेकाछन् ।

कञ्चनपुर भिमदत्तनगरमा रहेको जनज्योती बहुमुखी क्याम्पसका प्रमुख शेयरको रकम हिनामिना गरेको आरोपमा मंगलबार पक्राउ परेका छन्। 

शेयरको रकम अनियमियता गरेको आरोप लगाउदै क्याम्पसका शेयर सदस्य तारानाथ जोशीलगायतका ११ जनाले प्रहरीमा उजुरी गरेपछि शर्मा पक्राउ परेका हुन् ।

उजुरी परेपछि शर्मा पक्राउ परेका छन् जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरिक्षक धर्मराज जोशीले भने, अदालतबाट चार दिनको म्याद थप गरी अनुसन्धान भैरहेको छ। शेयरको रकम अनियमियता गरे नगरेको बारे अनुसन्धान पश्चात जानकारी हुने उनले बताए।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: