दसैँका दिन सेनाले काठमाडौंमा बस चलाउने, यी हुन् ८ रुट



काठमाडौं । बिजया दशमीका दिन काठमाडौंमा नेपाली सेनाले बस चलाउने भएको छ।

सार्वजनिक सवारी साधन न्यून मात्र चल्ने भएकोले आवागमनमा सुविधा पुर्याउने उद्देश्यले ८ रुटहरुमा बस चलाउन लागिएको सेनाले जनाएको छ।

बिहान ७ बजे, ११ बजे र दिउँसो ३ बजे भद्रकालीबाट ३० सिट क्षमताको १/१ वटा बस निःशुल्क सञ्चालन हुनेछ। सुरक्षाकर्मी तथा अन्य सर्वसाधारणले पनि बसबाट सेवा लिन पाउने छन्।

पहिलो रुट भद्रकाली, माईतीघर, बानेश्वर, कोटेश्वर, एकान्तकुना, बल्खु, किर्तिपुर, कलङ्की, कालिमाटी, त्रिपुरेश्वर, रत्नपार्क हो। त्यस्तै दोस्रो रुटमा भद्रकाली, जमल, लैनचौर, नारायणगोपाल चोक, बुढानिलकण्ठ, बालाजु चोक, सोह्रखुट्टे, कान्तिपथ र माईतीघरसम्मको छ।

भद्रकाली, माईतीघर, त्रिपुरेश्वर, कालिमाटी, कलङ्की, थानकोट, स्वयम्भु, छाउनी (अस्पताल), ताहाचल, टेकु हुँदै थापाथलीसम्मको अर्को रुट परेको छ।

भद्रकालीबाट माईतीघर, बानेश्वर, तिनकुने, गौशाला, चाबहिल, जोरपाटी, नारायणगोपाल चोक, लाजिम्पाट, कान्तिपथ हुँदै भद्रकालीसम्म बस संचालन हुनेछ।

भद्रकाली, थापाथली, कुपण्डोल, जावलाखेल, सातदोबाटो, चापागाउँ, सातदोबाटो, तिनकुने, बानेश्वर, शहिदगेटसम्मको रुटमा बस चल्नेछ। भद्रकालीबाट दरबारमार्ग, कमलपोखरी, गौशाला, चाबहिल, बौद्ध, साँखु, चाबहिल, गौशाला, तिनकुने हुँदै पुनः भद्रकालीसम्म बस संचालन हुनेछ।

भद्रकाली, माईतीघर, नयाँ बानेश्वर, पुरानो बानेश्वर, गौशाला, सिनामङ्गल, कोटेश्वर, सूर्यविनायक, ठिमी, कोटेश्वर, माईतीघर, भद्रकालीसम्म सातौं र अन्तिम रुट भद्रकाली, माईतीघर, कोटेश्वर, सातदोबाटो, कलङ्की, बालाजु, चाबहिल, गौशाला, तिनकुने, भद्रकालीसम्मको रहेको छ।

त्यसैगरी, घर बिदामा जाने सकलदर्जा तथा निजहरुको आश्रित परिवारहरुको हितको लागिसेनाले असोज २५ गतेबाट ३१ गतेसम्म काठमाडौंबाट दोलखा, इटहरी, धनगढी, लमजुङ्ग, रामेछाप, पोखरा, बुटवल, गोरखा, धादिङ/त्रिशुली, चौतारा, हेटौडा, नारायणगढ र सिराहा–राजविराज जाने तथा उपत्यका भित्र आउने गरी निःशुल्क बस सेवा संचालन गरिरहेको छ।

ति बसहरु सम्बन्धित स्थानबाट प्रत्येक दिनको ०६ः ३० बजे छुट्ने र प्रति सैनिक व्यक्ति (परिवारसहित) बढीमा ५ जनाले सुविधा पाउने बताइएको छ।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: