सुन तस्कर गोरेका व्यापारिक साझेदार बेनुलाई दुबईबाट काठमाडौं ल्याइयो, मोरङ लगिँदै



काठमाडौं । सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका एक अभियुक्तलाई दुबईबाट काठमाडौं ल्याइएको छ । दुबईमा पक्राउ परेका बेनु श्रेष्ठलाई आइतबार नेपाल ल्याइएको हो ।

संयुक्त अरब इमिरेटस् (युएई) प्रहरीले गत साउनमा बेनुलाई पक्राउ गरेको थियो । अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)को रेड नोटिसका आधारमा युएई प्रहरीले उनलाई पक्राउ गरेको थियो । उनलाई आजै जिल्ला प्रहरी कार्यालय मोरङ लगिने भएको छ ।

बेनुको काठमाडौंको न्यूरोडमा सुन पसल रहेको छ । उनले नै शाक्य हत्याका मुख्य अभियुक्त टेकराज मल्ललाई तस्करीमा प्रयोग गरेको बताइएको छ । मल्ल बेनुको पसलमा काम गर्थे ।

बेनुमाथि हुण्डीमार्फत् नेपालबाट जाने रकम दुबईमा संकलन गर्ने र भरियामार्फत् सुन नेपाल पठाउने गरेको अभियोग छ ।

श्रेष्ठका व्यावसायिक साझेदार तथा चूडामणि उप्रेती ‘गोरे’का भाइ रमेश उप्रेती पनि दुबईमा पक्राउ परिसकेका छन् । उनलाई नेपाल ल्याउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

Comment

Related News 

ताजा अपडेट

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: