दशमीका दिन पोखरामा सशस्त्र तालिम केन्द्रको निःशुल्क बस सञ्चालनमा



पोखरा । सशस्त्र प्रहरी बल नेपालले नेपालीहरुको महान चाड बडादशैंको टिकाको दिन कात्तिक २ गते पोखरामा निशुल्क बससेवा सञ्चालन गर्ने भएको छ । प्रहरी बलको हुल तथा दङ्गा व्यवस्थापन तालिम शिक्षालय लामापाटनले सेवा दिन लागेको हो ।

बडादशैंको टिकाको दिन हुन सक्ने सवारी अभावलाई ध्यानमा राख्दै सर्वसाधारणको सुविधाका लागि निशुल्क बस सेवा सञ्चालन गर्न लागिएको तालिम शिक्षालयका प्रमुख बरिष्ठ प्रहरी उपरिक्षक राजेन्द्र बस्नेतले जानकारी दिए ।

सशस्त्र प्रहरी बलको व्यानर सहितको २ वटा बसले निशुल्क पोखराका बिभिन्न क्षेत्रलाई रुट बनाएको छ । लामापाटनबाट बिहान १० बजे सर्वसाधारणको सेवाका लागि छुट्ने बस अमरसिंह, मुस्ताङ्गचोक, छोरेपाटन, लेकसाइड, जिरो किमी, सृजनाचोक, न्युरोड, चिप्लेढुङ्गा, नदिपुर, बगर, रानीपौवाको रुटमा दिउसो ४ बजे सम्म चल्ने छ ।

‘हामी पब्लिककै लागि हौं, दशैं तिहारमा पब्लिकलाई सेवा तथा सुरक्षा दिनु हाम्रो जिम्मेवारी हो’ सशस्त्र प्रहरी बरिष्ठ उपरिक्षक बस्नेतले भने ‘दशैं हामी पनि मान्छौं तर जनता हाम्रो पहिलो प्राथमिकता हो ।’

दशैंको अवधिभर हुन सक्ने कुनै पनि जोखिमका लागि तालिम शिक्षालयले एम्बुलेन्स को निशुल्क सेवा समेत प्रदान गर्ने भएको छ ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: