नेपालगञ्जमा ठूलो परिमाणमा ब्राउनसुगर प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार ३१ ग्राम भन्दा बढी लागुऔषध ब्राउन सुगर सहित चार जनालाइ नियन्त्रणमा लिएको हो ।
ठूलो परिमाणमा लागुऔषध बरामद हुनुले बाँकेमा लागुऔषधको कारोबार नियन्त्रमा आउन नसकेको प्रस्ट देखिन्छ । जिल्ल प्रहरी कार्यलय बाँकेमा दर्ता हुने अधिकांश घटना लागुऔषधकै हुने गरेको जिल्ला प्रहरी कार्यलयको तथ्यंकमा उल्लेख गरेको पाइन्छ ।
जिल्ला प्रहरि कार्यलय बाँकेले बुधबार नेपालगञ्ज २ स्थित एक फेन्सी पसलमा बसेका अवस्थामा नेपालगञ्ज ८ का अरूण जयसवाललाइ लागु औषध सहित नियन्त्रमा लिएको जानकारि दिएको छ । लागुऔषध नियन्त्रण ब्यूरो नेपालगञ्जबाट खटिएको प्रहरि टोलीले लागुऔषधको कारोबार भैरहेको सूचनाका आधारमा छापा मार्दा जयसवालसंग २४ ग्राम ४ सय मिलिग्राम ब्राउनसुगर फेला परेको जानकारि दिइएको छ । प्रहरिले जयसवाललाइ नियन्त्रणमा लिइ थप अनुसन्धान अगडि बढाएको जानकारी दिएको छ।
त्यस्तै, बुधबार नै प्रहरिले बैजनाथ गाउपालिकाका रमेश डाँगी र मनोज विकलाइ पनि ब्राउन सुगर सहित नियन्त्रण लिइएको छ । दुबै जना भारतबाट नेपालगञ्ज आउँदै गर्दा जमुनाहामा चेकजाँचका क्रममा उनिहरूबाट ४ ग्राम लागुऔषध ब्राउनसुगर फेलापरेको प्रहरीले जानकारी दिएको छ । उनिहरू दुबैलाइ हिरासतमा राखी थप अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।
त्यस्तै, कोहलपुर १ का जंग बहादुर थापा पनि ३ ग्राम लागुऔषध ब्राउन सुगर सहित पक्रउ परेका छन् । प्रहरीले जमुनाहामा चेकजाँच गर्ने क्रममा उनिबाट लागुऔषधको फेला परेको जानकारी दिएको छ । यसमा पनि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।




- आइसीसीले लगायो क्रिकेट प्रशिक्षकलाई प्रतिबन्ध
- बाँदर नियन्त्रणको लागि ‘बाँदर समाऔं अभियान’
- भारतीय जेलमा पाकिस्तानी कैदीको ढुंगाले हानेर मारिएको छ
- हातीको लागि पनि वृद्दआश्रम ?
- मलेसियामा अझै खुलेन नेपालीका लागि रोजगारी
- अष्ट्रेलियामा परे नेपाली विद्यार्थी अलपत्र : कन्सल्टेन्सी र सरकार दुवै दोषी
- रुकुममा वडा अध्यक्षले कुटे महिला
- सिरहामा मंगलबार दुई बालिका बलात्कृत : अभियुक्त प्रकाउ
- गोविन्द केसीले दिए चेतावनी : अर्को अनसन पनि हुन सक्ने
