न्यूरोडबाट सुप्रिम ट्रेडर्सको मल्टि ब्राण्ड शोरुम सञ्चालनमा


न्यूरोडको सनराइज बैंक अगाडि नच्छे गल्लीमा आज सुप्रिम ट्रेडर्सको मल्टि ब्राण्ड शोरुम सञ्चालनमा ल्याइएको छ । सिसिटिभी तथा सेक्युरिटी सम्बन्धी विभिन्न ब्राण्डका सामानहरु उक्त शोरुममा थोक तथा खुद्रा विक्रीको लागि राखिनेछ ।

हाल यस शोरुममा Hik Vision, Unv, Dahua लगायत कम्पनीबाट उत्पादित उपकरणहरु प्राप्त हुने सुप्रिम ट्रेडर्सका प्रबन्ध निर्देशक केशव थापाले बताउनुभयो ।
उपभोक्ताको सुरक्षालाई विशेष मध्यनजर गरेर गुणस्तरीय र भरपर्दो सेवा उपलब्ध गराउने उद्धेश्य सहित ‘तपाईंको सुरक्षा नै हाम्रो चाहना’ भन्ने नाराको साथ शोरुम सञ्चालनमा आएको हो ।

सुप्रिम ट्रेडर्सले हाल सिसिटिभी, डोर लक, हाजिरी उपकरण, सुरक्षा उपकरण लगायतका घर, कार्यालय तथा कर्पोरेट हाउसहरुलाई उपलब्ध सामानहरु उपलब्ध गराउनेछ ।

न्यूरोडको विशेष क्षेत्रमा सञ्चालनमा ल्याइएको यस कम्पनीले सेवाग्राहीको हितलाई मध्यनजर गर्दै सुपथ मूल्यमा विक्री, मर्मत तथा वारेन्टी सुविधा, जडान तथा होम सर्भिसको व्यवस्था गरेको छ ।


सिसिटिभी तथा सुरक्षा सामाग्री अर्डरको लागि फोन नम्बर ०१–४२१२०७८ वा ९८५१००८५१७ मा सम्पर्क गर्न सकिनेछ ।

Comment

Related News 

ताजा अपडेट

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: