“सबैको हुन्छ भेट सिमसिमे सँग चंगा चेट“ कार्यक्रम  सम्पन


“सबैको हुन्छ भेट सिमसिमे सँग चंगा चेट“ नामक कार्यक्रम  सम्पन भएको छ । याे कार्यक्रम सिमसिमे ट्राभल्स एण्ड टुर्सले बडा दसैंको अवसरमा आयोजना गरेको हाे । 

दशैँको रौनकको रुपमा रहेको चंगा उदाउने चलन बर्तमान समयमा कमि हुँदै गएकोमा नेपाली पर्ब अनि सास्कृतिकलाई पुन युवाहरुमा आकर्षण गर्न उद्देश्य साथ कर्यक्रम आयोजना गरिएको कुरा सिमसिमे ट्राभल्स एण्ड टुर्सका प्रबन्ध निर्देशक सुरज साहीले बताउनुभयो |

सिमसिमे ट्राभल्स एण्ड टुर्सले कला, सांस्कृतिक धार्मिक, पौराणिक स्थलहरुको प्रचारप्रसार गर्दै विगत देखि नै विभिन्न कार्यक्रमहरु गर्दै आएको छ | काठमाडौं मै २००० भन्दा माथि ट्राभल्स एण्ड टुर्स कम्पनी हुँदा र हरेक दिन ४-५ ओटा नयाँ ट्राभल्स एण्ड टुर्सहरु कम्पनी कर्यालयमा दर्ता भइरहेको अबस्थामा अरुहरुले गरेको भन्दा फरक टुर्स  कार्यक्रमहरु बजारमा ल्याउँदै छोटो समयमा आफ्नो छुट्टै पहिचान बनाउँदै अघि बढी रहेको कुरा यस ट्राभल्सका निर्देशक कृष्ण चन्द्र निरौलाले बताउनुभयो |

युवायुवतीहरुमा लोकप्रिय भएको यस कार्यक्रममा मिस टुरिजम २०१८ , मनिता पौडेल लगायत बिभिन्न कलेजमा अध्यनरत युवायुवतीहरुको उल्लेख्य उपस्थित रहेको  थियो | यस कर्यक्रमको प्रायोजन Toyota Nepal, 3 BEES Education & Visa Services Kathmandu, Tranquility Spa कम्पनीहरुले गरेका थिए |

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: