ओली आज दिउँसो स्वदेश फर्कने


संयुक्त राष्ट्र संघको ७३औं महासभालाई सम्बोधन गर्न न्यूयोर्क पुगेका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कँदैछन्।

महासभापछि प्रधानमन्त्री ओलीले कोस्टारिकाको भ्रमणसमेत गरेका थिए। त्यहाँ शान्ति विश्वविद्यालयले उनलाई मानार्थ विद्यावारिधि उपाधि दिएको थियो।

असोज ६ गते न्यूयोर्क प्रस्थान गरेका ओली करिब २ सतापछि बिहीबार दिउँसो काठमाडौं आइपुग्न लागेका हुन्।

प्रधानमन्त्री ओली दिउँसो ३:४५ बजे कतार एयरवेजको नियमित उडानबाट काठमाडौं आइपुग्ने भएका छन्।

न्यूयोर्कमा प्रधानमन्त्री ओलीले राष्ट्र संघको महासभालाई सम्बोधन गर्नुका साथै विभिन्न अन्तरक्रिया तथा छलफलमा सहभागी भएका थिए।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: