एचएच बजाजको नयाँ शोरुम भरतपुरको चितवनमा


 

नेपालमा सबैभन्दा अधिक बिक्री हुने र अधिक विश्वास गरिएको अटोमोबाइल ब्राण्ड मध्येको एक, हंशराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेड, बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत बितरक हो ।

एचएच बजाजले आफ्नो कार्यलाई थप बढाउँदै पूर्ण सुविधा सहितको नयाँ शोरुम ‘एन के मोटर्स’, चितवनको हाकिमचोकमा संचालनमा ल्याएको छ । एचएच बजाज आफ्ना ग्राहकहरुका लागि उनीहरुले खरिद गरेको सामाग्रीको अधिकतम मूल्य भूक्तान गर्नका लागि सधैं प्रतिबद्ध रहेको छ । नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिदका लागि सहज बनाउनेछ ।


शुभारम्भको अवसरमा हंशराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडका जेनेरल म्यनेजर योगेन गुरुङले भने, “नयाँ शोरुम संचालनमा ल्याउन पाउँदा निकै खुशी लागेको छ । ग्राहकहरुको बढ्दो मागका कारण एचएच बजाजलाई चितवनमा नयाँ शोरुम स्थापना गर्न सक्नुले हामी थप उत्साहित भएका छौं, जसले ग्राहकहरुलाई विभिन्न फाइदा दिनेछ । एचएच बजाज देशभरी रहेका ग्राहकहरुका लागि उच्च गुणस्तरको सेवा प्रदान गर्न प्रतिबद्ध छ’ ।

Comment

Related News 

ताजा अपडेट

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: