कोकाकोलाको नयाँ योजना, ‘आफ्ना भावनाहरु कोकसंग साट्नुस्’


काठमाडौं, ‘सयौँ सम्बन्धको कैयौँ भावना’ भन्ने नयाँ शीर्षक दिएर कोकाकोलाले नयाँ योजना ‘मन खोलौ कोकसँग’ सार्वजनिक गरेको छ । यो योजनाको मुख्य आसय भनेको हजारौ सम्बन्धहरुको अनगिन्ति भावनासँग कोक जोडिएको छ भन्ने हो । यो योजनाले मुख्यत १६ विभिन्न मानवीय भावनाहरुलाई समेटेको छ । जसमा माया, साथ, खुसी, रमाइलो, मित्रता, हौसला, श्रद्धा, मिलन, सहयोग, जमघट र हाँसो रहेका छन् ।


यो अभियानकोे मुख्य उदेश्य हरेक व्यक्तिको जीवन र भावनालाई प्रभाव पार्ने अनन्य सम्बन्धहरुको याद राख्ने हो । कोकको बोतलमा हुने लेबललाई यो दसैँको समयमा मानवीय भावनाहरुलाई पारिवारिक सम्बन्धको नियमितताको रुपमा अंकित गरिएको छ । यी सुनौला लेबलहरुले पर्वको झल्को दिने बिषयबस्तुलाई समेटेका छन् । कोकाकोलाका यी प्याकहरुले आफ्ना प्रियजनहरुमा उत्साह तथा भावनाहरु आदान प्रदान गर्ने अबसर प्रदान गरेका छन् ।
कोकाकोलाले साथीभाइ तथा परिवारलाई बर्षभरि र जुनसुकै उत्सबको समयमा विषेश रुपमा जोडिएर रहनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । केहि बर्ष अघि कोकोकोलाले आश्र्चयजनक रुपमा सार्वजनिक गरेको अनौठो बिश्वव्यापी क्याम्पेन सेयर अ कोकले मानिसहरुलाई आफ्ना प्रियजनहरुमा भावनात्मक सम्बन्ध बलियो बनाएको थियो । आफ्ना साथी, परिवार तथा प्रियजनहरुसँग बाँड्दा कोकको स्वाद अझै बढाउने तथा तिनीहरुमा सम्बन्धलाई एकसाथ राख्न मद्धत गर्दछ ।
गतवर्ष कोकाकोलाले ‘शेयर अ कोक’ क्याम्पेनको नेपाली भर्सन मन खोल्लौ कोकसँग जुन सम्बन्धमा केन्द्रित रहेको थियो, जसको भाव परिवारका सदस्यहरुलाई नजिक र सँगै लिएर आउने रहेको थियो । यो वर्ष अझ एक कदम अगाडि बढेर कोकाकोलाले आफ्ना ग्राहकहरुलाई आफ्नो मनपरेको व्यक्तिसँग भावना बाड्न प्रोत्साहन गर्नेछ । मानवीय भावनासँग केन्द्रित रहेर यसको ट्यागलाईनलाई सयौं सम्बन्धका कयौं भावना बनाइएको छ ।
यस क्याम्पेनको बारेमा बोल्दै कोकाकोलाका कन्ट्रि डाइरेक्टर अम्बुज सिंहले भन्नुभयो, ‘नेपालभरिका कोकाकोलाका ग्राहकहरुलाई चाडपर्वको समयमा अझ बढी स्पेशल बनाउनको लागि कोकाकोलाले विनम्र तरिकाले गतवर्ष मन खोलौ कोकसँग ल्याएको थियो । हामी सम्बन्धहरुलाई विषेश प्राथमिकतामा राखी उत्सवको रुपमा मनाउँछौ त्यसका लागि यो वर्ष हामी हाम्रा ग्राहकहरुलाई कोक र आफ्ना भावनाहरु आफ्ना मनपरेकाहरुसँग बाढ्नको लागि अभिप्रेरित गर्नेछाँै । कोकाकोलाको बोतलमा ग्राहकहरुले विषेश भावनाहरु जस्तो माया, साथ, मित्रता, मिलन, सहयोग, श्रद्धा आदि पाउनेछन् जुन आफ्नो परिवार र साथीहरुसँग भावनाहरु साटासाट गर्न सघाउँछ ।’
बोट्लर्स नेपालका प्रबन्ध निर्देशक प्रदिप पाण्डेले भन्नुभयो, ‘म यो विषेश दसैं क्याम्पियन घोषणा गर्न पाउदा ज्यादै खुसि भएको छु । म यस्तो संस्थाको हिस्सा हुन पाउँदा सम्मानित र गौरवान्वित भएको छु, जसले आफ्ना कर्मचारी र ग्राहकहरुको विषेश हेरचाह गर्छ । सैंयौ सम्बन्धका कयौ भावना यो एउटा ट्याग लाईनमात्र नभई यो आफ्ना भावनाहरुलाई प्रस्तुत गर्ने तरिका हो जसले सम्बन्धहरुलाई अझ मजबुत बनाउन सक्छ । हामी कोकोकोलाले सम्बन्धहरु बनाउन यी लेबलहरुले अझ सहयोगीको काम गर्ने छन भन्ने कुरामा अत्याधिक खुसी भएका छौ ।’
क्याम्पेनमा प्रियन्का कार्कीले आफ्नो डाइभरलाई ‘सधैँ सहयोगी हात बढाएकोमा’ लेबल भएको कोकको बोतल दिन्छिन् त्यसैगरी स्वास्तिमा खड्काले आफ्नो श्रीमान निश्चललाई कोकको ‘निश्चल मायाकालागि’ भन्ने कोक दिन्छिन भने निश्चल बस्नेतले स्वस्तिमालाई ‘सुख दुखको साथको लागि’ लेवल भएको कोक दिन्छन् ।
कुटुम्बका ब्याण्ड मेम्बरहरुले एक अर्कालाई अटुट साथको लागि, नदेखिने हौसलाको लागि, सधै खुसि रहेकोमा, रमाइला ती जमघटका लागि, चुलबुले मित्रकालागि, तिमी छौ हाँसो छ जस्ता लेवल भएका कोक बाँडेका थिए ।

Comment

Related News 

ताजा अपडेट

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: