सानिमा माई हाइड्रोले पन्ध्र प्रतिशत लाभांश दिने


सानिमा माई हाइड्रोपावर कम्पनीले आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीले गत आर्थिक बर्ष २०७४/७५ को नाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस तथा बोनसमा लाग्ने कर सहित ५ प्रतिशत नगद वितरण गर्ने भएको हाे ।

असोज १५ गते बसेको कम्पनी सञ्चालक समिति बैंठकले १० प्रतिशत बोनस र ५ प्रतिशत नगद गरि कूल १५ प्रतिशत लाभांश प्रस्ताव गरेकाे छ । सो लाभांश प्रस्ताव पारित गर्न कात्तिक ८ गते सातौं बार्षिक साधारण सभा आह्वान गर्ने निर्णय गरेको छ ।

साधारण सभाका लागि कम्पनीले असोज २५ गते बिहिबारदेखि शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ । यसअनुसार असोज २४ गते बुधबारसम्म कायम रहने शेयरधनीहरु मात्र बोनस प्राप्त गर्न र सभामा सहभागि हुन पाउनेछन् ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: