कीर्तिपुरमा वन सम्पदाको दोहनः भौतिक संरचनाको निर्माण गरिँदै


भनिन्छ “एक जना व्यक्तिको लागि चार वटा रूखको आवश्यकता पर्छ ।” तर काठमाण्डौमा के त्यो सम्भव छ ? काठमाण्डौंमा वातावरवण प्रदुषण व्यापक हुँदै गएको कुरालाइ कसैले नकार्न सक्दैन । काठमाण्डौंको प्रदुषण कम गर्न काठमाण्डौं वरपरका वनहरूले महत्वपूर्ण भुमिका निर्वाह गरेका छन् । शिवपुरी–नागार्जुन राष्टिय निकुञ्ज बाहेक सबै वनहरू सामुदायिक वनको रूपमा समुदायलार्इ नै हस्तान्तरण गरिएको छ । यि वनहरूले नै काठमाण्डौं उपत्यकामा पानीको स्रोत र प्राण वायुले सञ्जिवनीको रूपमा काम गरिरहेका छन् ।

तर काठमाण्डौंको पश्चिम – दक्षिणी क्षेत्रमा रहेको कीर्तिपुरमा भने वातावरण संरक्षणको ख्याल नगरि वन भित्र नै सिमेन्टका  भौतिक संरचनाको निर्माण व्यापक रूपमा भइरहेको छ । चम्पादेवी सामुदायिक वन, पहाडको पाखामा जातिय संग्राहलयको नाममा व्यापक वन फँडानी भइरहेको छ । स्वरोजगारको नाममा बेकरी उद्याेग निर्माण गरिएको छ भने सामुदायिक भवन, लगायत अन्य भवनहरू समेत  निर्माण भइसकेका छन् । अझै रेडक्रस लगायतका भवन निर्माणको चरणमा छन् ।  कीर्तिपुर नगरपालिका नजिकै रहेको इन्द्रायणी समुदायिक वनमा साना भौतिक संरचना लगायत प्रखाल लगाइएको छ । चुनपहरो तथा बोसन सामुदायक वनमा पनि वन विनास गरि कटेज तथा साना रेष्टुरेन्ट निर्माण गरिएको छ । जलविनायक सामुदायक वन उपभोक्ता समुह र आदिनाथ वन उपभोक्ता समुहमा पनि पर्यटकिय क्षेत्र बनाउने निहुँमा कंक्रिट तथा सिमेन्टका संरचना निर्माण गरिँदैछ । वन क्षेत्रमा यस्ता भोतिक संरचना गर्न वन ऐन तथा नियमावलीले रोक लगाएको छ  भने सामुदायिक वन उपभोक्ता समुहले पनि स्विकृत कार्य योजना विपरित कार्य गर्न नहुने व्यवस्था वन ऐनले उल्लेख गरेको छ । तर त्यस क्षेत्रमा मनपरि तरिकाले राजनीतिक आडमा भौतिक संरचना निर्माण भइरहेको छ ।

यसाे हुँदा पनि  जिल्ला वन कार्यालयको मातहत रहने इलाका वन कार्यलय भने निरिह भएर मुख दर्शक भएर बसेको छ भने वातावरण संरक्षणकर्मीहरू समेत अाफूहरूकाे आवाज सुनुवाइ नभएको बताउँछन् । यस्ता सिमेन्टका भौतिक संरचनाले जमीनलाइ सुख्खा बनाउने र पानीका स्रोतहरू समेत सुकाउने सम्बन्धित क्षेत्रका विज्ञहरू बताउँछन् । त्यसको प्रत्यक्ष असर देखिन थालेको स्थानिय बासिन्दाको भनाइ छ ।  हिजोका पानीका मुहानहरू संरक्षणका लागि बनाइएका सिमेन्टका संरचनाहरू हाल सुख्खा छन । वर्षामा समेत त्यसमा पानी नहुने स्थानियबासिहरू बताउँछन् ।

वातावरवणका क्षेत्रमा भएका उपलब्धिहरू बचाइ राख्न त्यस्ता संरचनाको निर्माण रोक्नु पर्ने र स्थानिय स्रोत साधनको प्रयोग गरि त्यसको संरक्षण गर्नुपर्ने संरक्षणकर्मी बताउँछन् । त्यसका लागि ढुंगा, माटो, काठ आदिको प्रयोग गर्न सकिन्छ । दीगो वातावरवण संरक्षणको उपाय अपनाउनु पर्ने बेला आइसकेको छ ।

चम्पादेवी सामुदायिक वन, पहाडको पाखामा जातिय संग्राहलयको नाममा व्यापक वन फँडानी भइरहेको छ । स्वरोजगारको नाममा बेकरी उद्याेग निर्माण गरिएको छ भने सामुदायिक भवन, लगायत अन्य भवनहरू समेत  निर्माण भइसकेका छन् । अझै रेडक्रस लगायतका भवन निर्माणको चरणमा छन् ।  कीर्तिपुर नगरपालिका नजिकै रहेको इन्द्रायणी समुदायिक वनमा साना भौतिक संरचना लगायत प्रखाल लगाइएको छ । चुनपहरो तथा बोसन सामुदायक वनमा पनि वन विनास गरि कटेज तथा साना रेष्टुरेन्ट निर्माण गरिएको छ । जलविनायक सामुदायक वन उपभोक्ता समुह र आदिनाथ वन उपभोक्ता समुहमा पनि पर्यटकिय क्षेत्र बनाउने निहुँमा कंक्रिट तथा सिमेन्टका संरचना निर्माण गरिँदैछ । वन क्षेत्रमा यस्ता भोतिक संरचना गर्न वन ऐन तथा नियमावलीले रोक लगाएको छ  भने सामुदायिक वन उपभोक्ता समुहले पनि स्विकृत कार्य योजना विपरित कार्य गर्न नहुने व्यवस्था वन ऐनले उल्लेख गरेको छ ।

स्थानिय सरकारले पनि विकास निर्माणको नाममा चरम वन विनास गरेको पाइएको छ । राजनीतिक स्वार्थ पुरा गर्नको लागि वनजंगल नमासियोस् ।  विकासको नाममा सगरमाथालार्इ प्लटिङ् गरि सहर बनाउनु कदापि राम्रो होइन । नदिलाइ पुरेर खेति गर्नु कदापि राम्रो होइन । यसको असर हामीले हरेक वर्ष हेर्दै आएका छौं । भोग्दै आएका छौं । हामी वातावरण संग कहिल्यै जुझ्न सक्दैनौं । त्यसको संरक्षण गरि त्यसबाट हुने क्षति वा हानि कम गर्न भने पक्कै सकिन्छ । त्यस तर्फ सबैको ध्यान जान जरूरी छ ।

 

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: