शासक विरुद्ध विद्रोहको परम्परा


जीवन मंगोल

नेपालमा परिवर्तनको खातिर वेला बखत बिद्रोह भएका छन् । पृथ्वी नारायण शाहको कथित गोरखा बिस्तार अभियानको समयमा पनिसेनाभित्रै बिद्रोह हुने गदथ्र्यो । पृथ्वी नारायण शाहले नुवाकोटलाई अन्तिम पटक आक्रमण गर्ने क्रममा जयन्त राना मगरलाई छाला काढेर नुनचुक दलेर निर्मम हत्या गरेका थिए । मूख्य कारण भने सेनाभित्रबद्ढो बिद्रोहको गन्ध फैलिएकोले हो । तर शासकलाई त्यो समयमा त्यति ठूलो चुनौति बन्न नसक्दै त्यस्ता बिद्रोहको पृथ्वीनारायण शाहले अन्त्य गरि दिएका थिए । बिशेषतः मंगोलहरुमा शासकहरु बिरुद्ध बिद्रोहको परम्परा रहेको पाइन्छ । नेपालमा हरेक परिवर्तनको खातिर बलिदानी दिने मंगोलहरु नै थिए भन्ने कुरा यहाँ विभिन्न ऐतिहासिक तथ्यले छर्लङग हुन्छ ।

जंगे शासन बिरुद्धको पहिलो बिद्रोह :
जंग बहादुर राणा अंग्रेजको गोटी बनेर नेपाली राजनीतिमा उदय भएपछि शाह बंशीहरुको साम्राज्यवादमा पिल्सिएकाहरुका लागि झनअध्यारो औंशीको रात जस्तै बन्यो । जहानिया निरंकुश राणा शासनले सबैभन्दा ज्यादा अहिन्दु मूलबासी मंगोलहरुलाई डाम्यो । राजनैतिक, आर्थिक, धार्मिक, शैक्षिक तथा सामाजिक रुपमा दमन शोषण चरम चुलीमा पुगेपछि पोखिन थाल्यो । फलस्वरुप जंगबहादुर राणाले नेतृत्व गरेका सैन्य दलका सदस्य श्रीपति गुरुङले विद्रोहको थालनी गरे । नेपाली सेनाभित्र बिद्रोह गर्दा जंगबहादुरद्वारा राज्यद्रोहको अभियोग लगाई बि.सं. १९१४ मा श्रीपति गुरुङ मारिए । उनलाई सैनिक बिद्रोह गर्न फौजमा अधिकृतलाई उक्साएको आरोप लगाइएको थियो । इतिहासकारहरुको अनुसार जंगेले टुडिखेलमा गुरुङलाई टुक्रा–टुक्रा पारेरकाटेका थिए । शासकको अत्याचारी शासन सायद यस्तै हुन्छ होला ।

श्रीपतिको पदचाप पछ्याउदाशुखदेव १७ वर्ष जेल :
श्रीपति गुरुङ मारिए पनि चुप लागेर बस्नेस्थिति पनि थिएन । यता काठमाण्डौमा श्रीपति गुरुङ मारिए पछि तत्काल लम्जुङमा फैलिएको गुरुङहरुको बिद्रोहले के कुरा तर्फ संकेत गरेको छ भने श्रीपति ग्ुरुङ केवल भावनाको बिद्रोही मात्र थिएनन । अपितु उनी कुशल संगठक पनि थिए । उनको हत्या लगत्तै उनका सहयोगी र अनन्य मित्र शुखदेव गुरुङले लम्जुङमा बिद्रोहको झण्डा उचाले । उनले गाउँ गाउँमा पसेर मुलुकको सत्ता गलत व्यक्तिको हातमा भएकोले हरेक स्वाभिमानी नेपालीले बिद्रोह गर्नुपर्छ भनेर बिद्रोहको बिगुल फुके तर शुखदेवको प्रतिकार पनि जंगेको शासनको अघि टिक्न सकेन । उनलाई तत्काल राजकाज सम्बन्धि मुद्दा चलाई निर्मम यातनाका साथ जेलमा सडाइयो ।

मंगोलहरु अहिले पनि अधिकार खोज्न डराई रहेका बेला त्यो समयमा १७ वर्ष जेलमा शुखदेव गुरुङले अत्यन्त कष्टकर ढंगले बि.सं. १९३२ को चैतमा आफ्नो प्राण त्याग गरेर सम्भवतः नेपालको इतिहासमा राजद्रोहको अभियोग लागेर जेल जीवन बिताउने पहिलो व्यक्ति शुखदेव गुरुङ बने । पछि शुखदेव गुरुङको बिद्रोहलाई गोरखाको लखन थापा मगर र सुपति गुरुङले परम्पराको रुपमा अगाडि बढाउने प्रयत्न गरे तर उनीहरुको त्यस्तो प्रयत्न प्रभावोत्पादक भने हुन नसकेको बताइन्छ ।
बि.सं. १९३२ मा शुखदेव गुरुङको मृत्युपूर्व मात्रै अवकाश पाएर नेपाल फर्केका सुपति सम्भवतः आफ्ना अग्रज श्रीपति गुरुङको कहाली लाग्दो हत्या र शुखदेव गुरुङको जीवन भरीको संर्घषबाट नै राणा शासकहरु बिरुद्ध बिद्रोह गर्न प्रेरित भएका थिए ।

स्रूपति गुरुङ र बौद्ध बादशाहाको प्रसंग : 
सुपति गुरुङको बिद्रोह सँग बौद्धबाद शाहाको प्रसंग जोडिएकाले के कुरा स्पष्ट हुन सकिन्छ भने त्यसवेला बिद्रोही स्वाभावमा देखा पर्ने गुरुङहरुलाई तह लगाउन राणाहरुले बौद्ध बादशाहाको हल्ला स्वयं फिजाउने गर्थे र त्यस्तो हल्लाको चारोमा बिद्रोहीलाई पन्छाउने गर्थे । तर सुपति भने पक्राउ पर्न सकेनन् । त्यसबेला सुपतिलाई पक्राउ गर्न रणोदिप राणाको समयमा स्वयं धीर शमशेरको नेतृत्वमा एक कम्पनि फौजलाई गोर्खा क्षेत्रमा परिचालन गरिएको थियो । छापामार युद्धकलामा निपुर्ण सुपति गुरुङ धीर शसशेरको पकडमा बिद्रोह विफल भएपनि उनी पक्राउ पर्न नसक्नुका कारण रहस्यमय रहेको छ ।
स्ुपति गुरुङ पछि सम्म पनि स्वाभिमान र शाहहरुप्रति कडा रुपमा परिचित रहिरहे । नेपालको इतिहासमा राजतन्त्र, जहानीय राणा शासनप्रणालीको बिरुद्ध बिद्रोहको नेतृत्व गर्ने श्रीपति गुरुङ, शुखदेव गुरुङ र सुपति गुरुङ हुन । बिडम्बना के छ भने यी बीर सहिदप्रति इतिहास मौन छ, उनीहरुको संर्घषले नेपालको इतिहासमा त्यति महत्व पाउन सकेको छैन । एउटा भुल्नै नहुने कुरा के हो भने राणा शासन बिरुद्ध बिद्रोह गर्ने पहिलो बीर सहिद श्रीपति गुरुङ ह्ुन् । जसले नत अन्याय सहन सके नत अन्याय देख्न सके । वास्तवमा भन्ने हो भने अनुशासनको पयार्य मानिने सिपाहीहरु माझबाट बिद्रोहको बिगुल फुक्ने श्रीपति गुरुङलाई स्वतन्त्र सेनानी वा पहिलो सहिद र राष्ट्रिय विभुति घोषणा गर्नु पर्छ ।

विद्रोहको परम्परालाई धान्ने अर्का लखन थापा मगर पनि श्रीपति र शुखदेवको प्रेरणाले राणा बिरोधी भए । राणा शासनको बिरुद्धमा लागेको भनेर मगरलाई १४० वर्ष अघि गोर्खा बुङकोटको काहुलेभंगारमा खिर्राको रुखमा झुण्डाएर ४२ वर्षको उमेरमा हत्या गरिएको थियो । उनीसंगै उनका सहयात्री जैसिङचुमी राना मगरको १९३३ फागुन २० गते हत्या गरिएको थियो । लखन थापा मगरलाई ३ अशोज २०७२ को मन्त्रिपरिषद बैठकले पहिलो शहिद घोषणा गरेको छ ।

राणा शासनको अन्त्य गर्ने नायक :
बि.सं. १९१४ देखि श्रीपति गुरुङ, शुखदेब गुरुङ, सुपति गुरुङ र लखन थापा मगर पछि पनि नेपाली राजनीतिमा परिवर्तनको निम्ति बिद्रोह गर्ने मंगोल नै थिए । मर्ने मारिने, लड्ने, भिड्ने मूलबासी मंगोलहरु थिए । राणा शासनको बिरुद्ध लड्ने शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्द थिए । तर त्यस समयमा बाहुन भएकैले ब्रम्ह हत्याको दोष लाग्ने भन्दै टंकप्रसाद आचार्यहरुलाई कुनै मृत्यु डण्ड दिइएन । २०१० साल फागुन ७ गते पुर्नगठित मातृका प्रसाद कोइरालाको मन्त्रिमण्डलमा तिनै आचार्य गृहमन्त्री बने । २०१२ माघ १३ गते उनकै नेतृत्वमा मन्त्रिमण्डल गठन भयो । बाहुन भएकाले यसरी बोनस पाए, तर मंगोल कुलकाहरु मृत्युडण्डको भागिदार भए ।

जनमुक्ति सेना गठन हुँदा नेतृत्व गर्नेहरु बाहुन क्षेत्रीको थिएनन् ।राणा शासनबाट आजित मूलबासी मंगोल मूलकाहरुको नेतृत्वमा क्रान्ति भएको थियो । सन् १९४८ मई २० मा कलकत्तामा कार्यलय खोलेर बसेका पूर्णसिंह खवासको कार्यलयमा दोस्रो विश्वयुद्धका योद्धारु अमृतसार भाकसु तिरका मेजर दिलमान सिंह थापामगर, कप्तान मानवहादुर राई, बुधसिंह गुरुङ, रुपनारायण प्रधान, बीरजङ घले, रामप्रसाद थापामगर, गुलाबसिंह थापामगर, दार्जिलिङ, गुहाटी सिलाङतिरबाट सिबी राई, दिलबहादुर राई, तेजबहादुर गुरुङ, बाबुलाल मोक्तान, बिद्यार्थीहरु निर्मल लामा, डोनस ग्राङदन, श्याम कुमार तामाङ, नरेन्द्र लामा, डिकबहादुर तामाङ, हर्षबर्धन लामा, लोकबहादुर राना थिए । २५ तारिखमा बसेको बैठकले क्रान्तिको लागि नेपालको भोगौलिक अवस्था अन्य वस्तुस्थितिको विविध विषयमा अध्ययन गरेपछि योजना तर्जुमा ग¥यो । ऐ जुनको अन्तिम तिर जनमुक्ति सेनाका सस्थापकहरुले पूर्णसिंह खवास अध्यक्षतामा निम्न १९ व्यक्ति रहेको कार्यदल गठन ग¥यो । अध्यक्ष पूर्णसिंह खवास भए तापनि सम्पूर्ण अविभारा बरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर सुब्बालाई सुम्पिइएको थियो । जुन कार्यदलमा एकजना पनि तागाधारी बाहुन क्षेत्री थिएनन् । यसले २००७ सालको क्रान्तिमा हतियार उठाउनेहरु सबै मूलबासी मंगोल थिए भन्ने प्रष्ट पार्दछ । १. अध्यक्ष मेजर पूर्णसिंह खवास, २. बरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर सुब्बा, ३. बरिष्ठ उपाध्यक्ष दिलमान सिंह थापामगर, ४. सचिव छत्रबहादुर राई, ५. सह–सचिव स्याम कुमार तामाङ, ६.कोषाध्यक्ष नरेन्द्र लामा, ७. सदस्यहरु दिलबहादुर राई, ८. निर्मल लामा, ९. रुपनारायण प्रधान, १०. बुद्धसिंह गुरुङ, ११. डोनस ग्रांदन (स्रोत–जनमुक्ति सेनाः एउटा नलेखिएको इतिहास, श्यामकुमार तामाङ, पृ.७५)

कांग्रेसमापहिले मंगोल बर्चस्व पछि बाहुन बर्चस्व :

सन् १९४८, डिसेम्बर ३१ मा नेपालमा प्रजातन्त्र कांग्रेस पार्टी गठन गर्ने सिलसिलामा कलकत्तामा भएको जम्मा ६३ जनाको भेलामा मंगोल समुदायको नै वर्चस्व थियो । सो भेलामा नेवार २२, तामाङ ७, मगर ३, राई ४, मधेशी ३, दलित ३, गुरुङ १, लिम्बु १, अन्य १ बाँकी बाहुन ११, र क्षेत्री ७ जना थिए । १९५० अप्रिल २३ तारिखमा नेपाल प्रजातन्त्र कांग्रेस र नेपाली राष्ट्रिय कांग्रेस (बिशेश्वर गुट) बिच एकीकरण भयो र दलको नाम नेपाली कांग्रेस रहन गयो । जसमा ४ जना बाहुन ४४ प्रतिशत, ३ जना क्षेत्री ३३.३३ प्रतिशत, १ जना नेवार ११.११ प्रतिशत र १ जना मधेशी ११.११ प्रतिशत थिए । ०७ सालमा ज्यानको बाजी लाएर सामन्ति जहानिया राणा शासकहरुको शोषण दमन विरुद्ध मंगोल लगायतका मूलबासीहरु शसस्त्र क्रान्ति गरिरहेका थिए । त्यो क्रान्तिमा गठन भएका पूर्वाञ्चल तर्फको जम्मा ३२७ जना मुक्ति सेनामा त झन बाहुनको सहभागित न्यून देखिन्छ । जनमुक्ति सेनामा राई, ८६ जना, नेवार ३५ जना, मगर १६ जना, गुरुङ १४ जना, दलित ८ जना, खवास ५ जना लिम्बु ५३ जना, तामाङ ३६ जना, मधेशी ३ जना, अन्य ३ जना बाँकी बाहुन १६ जना र क्षेत्री ५२ जना थिए ।

आफूलाई सर्वश्रेष्ठ ठान्नेहरुले त्यतिवेला यतिको मंगोलहरुको वर्चस्व रहेपनि डा. भुदेव राईलाई कांग्रेस सभापति बन्न नदिन बिपी आफै लागेका थिए । यस कुराले यिनीहरुमा के पनि स्पष्ट हुन्छभने बाहिर क्रान्तिको कुरा गरे तापनि राणाहरुको बिरोध गरेजस्तो गरेको भए पनि अन्तिममा बाहुन वर्चस्व कायम गर्नु उद्दश्य देखियो । क्षत्री राजाको कर्तव्य गाई र बाहुनको रक्ष ागर्ने र बाहुनको काम हिन्दु धर्म(धर्म होइन वाद) पालना गर्दै गराउँदै क्षत्री राजाको संरक्षण गर्ने हो भन्ने हिसावले मंगोलहरुलाई बलि चढाइयो बाहुन मार्दा७ गाई मार्नु र एक बाहुन मार्नु बराबर हो भन्ने बहानामा मंगोलहरुलाई फासी चढाइयो । रामप्रसाद राई जस्तो बीर पराक्रमी योद्धा प्रजातान्त्रिक योद्धालाई बेपत्ता बनाइयो । सहानुभुतिका लागि नारदमुनी थुलुङलाई स्थानीय स्वयत्त शासन मन्त्री र गणेशमान सिंह श्रेष्ठहरुलाई उद्योग बाणिज्य मन्त्रीमा थन्काइयो । बाहुनहरुले पालै पालो प्रधानमन्त्री पड्काए । यो क्रम लोकतन्त्रमा पनि निरन्तर चलिआएको प्रचलन हो । राणाहरुको हातबाट शासन सत्ता कहिले श्री ५, कहिले श्री ६ मा सिमित छ । २०४६ साल सम्मको समयलाई हेर्ने हो भने ३० बर्षे पञ्चायतको अध्यारो रात थियो । त्यो समयमा कांग्रेस र कम्युनिष्टका अधिकांश नेताहरु मंगोल थिए । त्यहाँबाट पलायन गराउन कांग्रेस, एमाले वर्णभेदी सोच बोकेका बाहुन क्षेत्री दुवैले ठूलो प्रयास गरे ।

मूलबासी मंगोलहरुको पछिल्लो अवस्था
२०४६ को परिवर्तन पश्चात निरन्तर बाहुनवादी राजनीति झन चुलिदै गएको छ । तर बिद्रोहको परम्परा स्खलित भएर गयो । जुन रुपमा पूर्वजहरुले गरे । लोकतन्त्र घोषणा पछि सत्ताधारी पार्टीका शीर्ष नेता बाहुन अनि एकाध क्षेत्री बाहेक अन्य समुदाय पलायन हुनुले प्रस्ट हुन्छ । राज्यसत्ता संग पौठेजोरी खेल्ने शैलिहरु अलि परिवर्तन पनि भए, कसैले बम पड्काए त कसैले विचार पडकाए । १० वर्षे जनयुद्धकोमा बिद्रोह गर्नेहरु बहुसंख्यक मंगोल मूलबासी थिए । तराई र पहाडका अधिकांश मूलबासीहरुले निर्भिकतापूर्वक बाहुनलाई साथ दिएका थिए । “दोरम्बा हत्याकाण्ड मुक्तिका लागि बलिदान” नामक पुस्तकमा रामेछाप जिल्लामा शहिद हुनेहरुको सूचि प्रकाशित गरिएको छ । सो बिबरण बिश्लेषण गरेर हेर्दा शहिद हुनेहरुको तथ्याङ्क निम्न प्रकार रहेको पाइन्छ । जम्मा शहिद १८८ जना मध्ये बाहुन र क्षेत्री गरी ४१ जना बाँकी मूलबासी मंगोलहरु ८५ को सामुहिक हत्या भएको थियो ।

धनकुटा जिल्लाको छिन्ताङ हत्याकाण्डका नायक सूर्यबहादुर थापाले राई लिम्बुहरुको नरसंहार गरे । सिन्धुपाल्चोकको पिस्कोर हत्याकाण्डमा २०४० माघ ९ गते पशुपति शमशेर राणा बिरोधी इली थामी र बीर बहादुर थामी लगायतलाई मारेर उजाड बनाएका थिए । भत्तपुर जिल्लाको नगरकोटमा ११ जना तामाङहरुलाई कालि मन्दिरमा सैनिक थापा क्षेत्रीले मारेर भोग दिएका थिए । खोटाङ जिल्लाका ७ जना राईहरुलाई सामुहिक हत्या गरेका थिए । त्यस्तै सशस्त्र प्रहरी महानिरिक्षक कृष्ण मोहन श्रेष्ठ, श्रीमति र अंगरक्षक सहितलाई २०४९ माघ १२ गते हिन्दु आर्य बाहुनवादी सरकारले हत्या गरे । जनयुद्धको नाममा हजारौंले बलिदान दिए । पछिल्लो समय पहाडका मूलबासीहरुमा विद्रोहको कुनै आभास छैन । बरु त्यो तराई केन्द्रीत दल र जनतामा प्रवलरुपमा शक्तिशाली बन्दै गएको देखिन्छ । यसले के संकेत गर्दछ भने पछिल्लो पुस्ताले पुरानो पुस्ताको पदचापलाई पछ्याउँन छाडेर कतै पलायनवादी, आत्मसमर्पणवादी भएको होकि भान हुन्छ । कुनै विद्रोहको आभास छैन ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: