एभरेष्ट फुड एण्ड वेभरेजका उत्पादनहरु काठमाडौंको बजारमा


एभरेष्ट फुड एण्ड वेभरेज इन्डष्ट्रिजले काठमाडौंको बजारमा अाफ्ना उत्पादनहरू लन्च गरेको छ ।

राजन अधिकारी, नेशनल सेल्स म्यानेजर, एभरेष्ट फुड एण्ड वेभरेज

हाल देशका अन्य क्षेत्रमा राम्रो तवरले बजार लिइसकेको र उपभोक्ताको माग निकै बढेको अवस्थामा अब काठमाडौंको बजारमा समेत आफ्ना उत्पादनहरु बजारीकरण गरी बजारको पहुँच देशव्यापी बनेको कम्पनीका नेशनल सेल्स म्यानेजर राजन अधिकारीले बताए । हाल यी उत्पादनहरुको सोल डिष्ट्रिव्युटरको रुपमा एचएस लिंक (हिमशिखर कम्पनी)ले काम गर्नेछ भने हाललाई यस कम्पनीका डिलरहरु उपत्यकामा ७ ओटा रहनेछन्, बनेपामा एउटा डिलर रहनेछ ।

हाल यस कम्पनी अन्तरगत क्याम्पाकोला, क्याम्पा ओरेन्ज, क्याम्पा लेमन, जिरा मसला सोडा, प्लेन सोडा, म्याङ्गो सिप, लिची सिप लगायतका उत्पादनहरु छन् । यी उत्पादनहरुमा १६ प्रतिशत पुल्प –फलफूलको मात्रा) मिलाइएको समेत अधिकारीले दावी गरे । मंसिर १५ देखि पाइपवाला लिची (HTEP) लन्च हुने समेत उनले बताए ।
कम्पनीले आफ्ना उत्पादनहरु गुणस्तरीय र तुलनात्मक रुपमा सस्तो समेत रहेको कम्पनीको दावी छ ।

हाल यस कम्पनीले दैनिक प्रति ८ घण्टा १६ हजार लिटर क्षमतामा क्याम्पाकोला उत्पादन गर्दै आएको छ । अब कम्पनीले आफ्नो उत्पादन क्षमता थप बढाउने समेत बताएको छ ।
आवास ग्रुप अन्तरगतको यस कम्पनीले नेपालमा हार्डवेयर तथा उत्पादन लगायतका क्षेत्रमा लगानी विस्तार गरेको छ । यस समूह अन्तरगत एभरेष्ट फुड एण्ड वेभरेज, सनफिटिङ प्रा.लि., ज्याकोर इन्डष्ट्रिज, शुभलक्ष्मी पोलिमर, नेशनल रवड इन्डष्ट्रि, आवास आल्मुनियम एण्ड स्टिल, आवास मार्वल लगायतका विभिन्न उद्योगहरुमा लगानी रहेको छ ।

रुपन्देहीको गंगोलियामा रहेको फ्याक्ट्रीबाट वेभरेज उत्पादन गर्दै आएको यस कम्पनीले बजारीकरणमा विशेष रणनीतिको साथ आगामी योजनाहरु तय गर्ने समेत कम्पनीले जनाएको छ ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: