विधेयक पारित नगरी संघीय संसद्को दोस्रो अधिवेशन आज सकिँदै



काठमाडौं । संघीय संसद्को दोश्रो अधिवेशन आज (बिहीबार) सकिँदै छ। प्रतिनिधिसभा एवं राष्ट्रियसभाको वर्से अधिवेशन आज सकिन लागेको हो।

संघीय संसद्को अधिवेशन गएको २३ वैशाखदेखि सुरु भएको थियो। संसदिय दलका नेताहरुको समन्वयमा प्रतिनिधिसभा र राष्ट्रियसभा दोस्रो अधिवेशन बिहीबारबाट सक्ने तयारी गरिएको संसद सचिवालयले जानकारी दिएको छ।

सचिवालयका अनुसार दशैं, तिहार जस्ता चाडपर्वको बेला सांसद्हरु आफ्नो निर्वाचन क्षेत्रमा जाने भएकाले अधिवेशन अन्त्य गर्न लागिएको हो।

संघीय संसद्को पहिलो अधिवेशन फागुन २१ गते शुरु भएर चैत २० गते सकिएको थियो। राष्ट्रियसभा र प्रतिनिधिसभा बैठक शुरु र अन्त्य राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था छ। दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन अन्त्य गर्ने कार्यक्रम छ।

दोश्रो अधिवेशनले आर्थिक वर्ष ०७५ / ०७६ को बजेट पारित, मौलिक हक सम्बन्धी कानुन निर्माण र विभिन्न राष्ट्रिय महत्वका विषयमा सरकारलाई निर्देशन दिएको छ। तर अझै पनि धेरै महत्वपूर्ण विधेयक पारित गर्न बाँकी छ।

नागरिकता संशोधन, चिकित्सा शिक्षा विधेयक, लेखा परीक्षण, भुक्तानी तथा फस्र्योट र विमा सम्बन्धी विधेयक पारित नगरी अधिवेशन अन्त्य हुन लागेको हो।

Comment

Related News 

ताजा अपडेट

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: