‘इन्टु मिन्टु लण्डनमा’ को विदेश डिमान्ड बढ्यो



काठमाडौं । शुक्रबारबाट प्रदर्शनमा आएको अभिनेत्री साम्राज्ञी आरएल शाह र अभिनेता धिजर मगर स्टारर फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ ले घरेलु बजारमा सानदार कलेक्सन गरिरहेको छ । इनिसियल बक्सअफिस आक्रामक रहेको फिल्मले अहिले मल्टिप्लेक्समा दर्शक वृद्धि गर्दै लगेको छ ।

राजधानीको ठूलो मल्टिप्लेक्स क्यूएफएक्सले मंगलवार १० शोज दिँदा बुधवारका लागि १५ शोज बाँडेको छ । यसबाट नै प्रष्ट हुन्छ कि फिल्मले मल्टिप्लेक्समा दर्शकको साथ राम्रो पाइरहेको छ । सिंगल स्कृनमा भने आइतवारबाट दर्शकको उपस्थिति औसत छ ।

तीन दिने विकेन्ड कलेक्सन २ करोड ग्रस रहेको फिल्मले घरेलु बजारबाट आफ्नो लगानी सुरक्षित गर्न अझै लामो रेसको घोडा बन्नुपर्नेछ । गीतसंगीत र ट्रेलरले निर्माण गरेको हाइपसँगै स्टार कास्टका कारण फिल्म नेपालबाटै सेभ हुने निर्माण टिमको विश्वास छ ।

अभिनेता धिरजलाई डेब्यु फिल्मले नै स्टारको दौडमा उभ्याएको छ भने फेरि एकपटक साम्राज्ञीले आफ्नो स्टारडम प्रमाणित गरेकी छन् । यस्तै, ‘रानी’ र ‘मेरो मामु’ फिल्मबाट दर्शकमाझ चनिन नसकेका अभिनेता सारुक ताम्राकारका लागि उक्त फिल्म करियरको ‘टर्निङ पोइन्ट’ बनेको छ ।

फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ ले नेपालमा आशातित व्यापार गर्दैगर्दा अब विदेश प्रदर्शनको थालनी गर्ने भएको छ । लेडी निर्देशक रेनाशा वान्तवा राईले दर्जन बढी देशमा फिल्मको प्रदर्शन हुन लागेको जानकारी दिइन् । केही देशमा फिल्मको प्रदर्शन मिति पनि तय भइसकेको छ ।

अक्टूबर ११, १२ र १३ तारिखमा फिल्म अष्ट्रेलियामा प्रदर्शन हुँदैछ । यस्तै, अक्टूबर २१ मा कोरिया, अक्टूबर २९, ३० र ३१ मा लण्डन, नोभेम्बर ३ मा पोल्याण्ड, नोभेम्बर ९ मा हङकङ र नोभेम्बर १५ मा डेनमार्कमा फिल्म प्रदर्शन हुने कन्फर्म भएको छ ।

सिंगापुर, जापान, अमेरिका, ब्रुनईमा पनि फिल्म प्रदर्शनका लागि कुरा भइरहेको निर्देशक राईले जानकारी दिइन् । उनका अनुसार, नेपालमा फिल्मको कलेक्सन र माउथ पब्लिसिटीका कारण विदेशमा डिमान्ड बढ्दो छ । उनी २ वर्षको मिहिनेत सफल भएकोमा दंग छिन् ।

Comment

Related News 

ताजा अपडेट

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: